Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विश्वमा फिल्म बनाउने प्रतिस्पर्धा : निर्माणमा भारत पहिलो, कमाइमा चीन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

एक तथ्याङ्कअनुसार विश्वमा वर्षेनी ५ लाख फिल्म बन्छन् । भारतमा मात्र एक वर्षमा २४०० पूर्ण लम्बाइका (दुई घण्टा भन्दा लामो) फिल्म बन्छन् । सन् २०२१ मा विश्वभर फिल्मको बजार २१.४ अर्ब डलर रहेको छ । यो रकम फिल्मले वर्षभरि प्रदर्शनमा आउँदा कमाएको कुल रकम हो । र तथ्याङ्क कोरोना महामारी सुरु भएपछिको हो ।

 

विश्व फिल्म बजारमा चीनको हिस्सा मात्र ७.३ अर्ब अमेरिकी डलर छ, अर्थात विश्व फिल्म बजारको झण्डै एक तिहाई हिस्सा चीन एक्लैको छ । पहिलो स्थानमा रहेको चीनमा वर्षमा औसत ८५० फिल्म प्रदर्शन हुन्छन् ।

दोस्रो स्थानमा अमेरिकी बजार रहेको छ । त्यहाँ वर्षमा औसतमा ८०० फिल्म रिलिज हुन्छ । र सन् २०२१ मा अमेरिकामा रिलिज भएका फिल्मले ४.५ बिलियन डलर कमायो । दशकौंसम्म अमेरिका विश्वको पहिलो फिल्म बजार थियो । सन् २०२० पछि चीनले उसलाई उछिनेर पहिलो बनेको हो । त्यस यता उसले अमेरिकालाई धेरै पछाडि छाडिसक्यो ।

जापान ठूलो फिल्म बजारको सूचीमा तेस्रो स्थानमा छ । १.५ अर्ब डलरसहित तेस्रो स्थानमा रहेको जापानमा वार्षिक ८५० वटा फिल्म लगभग रिलिज हुन्छन् । चौथो ठूलो फिल्म बजार बेलायत तथा आयरल्याण्ड हुन् । सन् २०२१ मा यस भूभागमा प्रदर्शनमा आएको फिल्मले ८० करोड डलर कमायो । यहाँ वर्षमा औसत २८० फिल्म प्रदर्शन हुन्छन् ।

विश्वको पाँचौ ठूलो फिल्म बजार फ्रान्स हो । औसतमा वर्षेनी ३०० फिल्म प्रदर्शनमा आएको यस भेगमा सन् २०२१ मा फिल्महरूले ८० करोड डलर कमाई गरे । छैटौं ठूलो फिल्म बजारमा रुसको नाम छ । वर्षमा औसत १०० फिल्म प्रदर्शनमा आउने यो मुलुकमा सन् २०२१ मा फिल्महरूले ६० करोड डलर उठाए ।

सातौं स्थानमा दक्षिण कोरिया छ । वर्षमा औसत ३५० वटा फिल्म प्रदर्शनमा आउने यो बजारमा ५० करोड डलर फिल्मले उठाउँछन् । विश्वकै धेरै फिल्म बन्ने मुलुक भारत बजारको हिसाबमा भने सूचीको आठौं स्थानमा छ । वर्षमा २४०० फिल्म प्रदर्शनमा आउने भारतमा सन् २०२१ मा भारतमा ती फिल्मले ५० करोड डलरको कमाई कमाइ गर्यो ।

अस्ट्रेलिया यस सूचीको नवौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका कुल ५० फिल्मले अस्ट्रेलियामा ५० करोड डलर कमायो । जर्मनी ठूला फिल्म बजार भएको मुलुकको सूचीको दशौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका लगभग २५० फिल्मले जर्मनीमा ४० करोड डलर कमाइ गर्यो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved