देवचुली ,


देवचुलीको घुमाउरि सामुदायिक वन क्षेत्रमा सिमसार तथा देउसोत खोलामा बाँध निर्माण गरिने भएको छ। आज स्थानिय तथा सरोकारवाला निकायहरु संगको छलफलका क्रममा उल्लेखित क्षेत्रको पानीको संरक्षण गर्नको लागी उक्त कार्य गर्न लागेको बताइएको हो ।



देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा क्लिन इनर्जी कन्सल्ट्याण्ट्स प्रा लि बानेश्वर काठमाण्डौबाट तयार गरिएको ड्राफ्ट माथि छलफल गरिएको थियो।

देवचुली ७ र ९ मा निर्माण हुने आयोजनाको विस्तृत अध्ययन गरि तयार पारिएको प्रतिवेदन उपर छलफल गर्दा ८ हेक्टर क्षेत्रफलमा बन्ने घुमाउरि सिमसारको लागी ७८ करोड र देउसोत खोलामा वाँध सहितको पोखरी निर्माणका लागी २२ करोडको अनुमानित लागत रहेको बताइएको छ।
सो अवसरमा बोल्दै देवचुली ९ का निवर्तमान अध्यक्ष मेख बहादुर सारु , समाजसेवी दुर्गा भुसाल , नेपाल सरकारका उप सचिव बिष्णु भुसाल लगायतले छलफलमा आफ्नो जिज्ञासा राख्दै यस योजनाको आवस्यकता र महत्वको बारेमा बताएका थिए।
नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा घुमाउरि सामुदायिक वनका अध्यक्ष दिपक भट्टराई ,देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आले , १३ का अध्यक्ष एकदेव पौडेल , देवचुली ७ का निवर्तमान अध्यक्ष भुपराज पाठक , कावासोती ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारि , सिचाई डिभिजन कार्यालय कावासोतीका प्रमुख मिलन पौडेल , सव डिभिजन बन कार्यालयका प्रमुख ज्योति कोइराला , नगर प्रवक्ता तिल प्रसाद काफ्ले , सब डिभिजन बन कार्यालयका रेञ्जर बसन्त दाहाल लगायतका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण खानेपानीको अभाव देखिएको र सिंचाईको लागी समेत पानीको कमि भएकोले यस योजनालाई सके जति चाडो सम्पन्न गर्न आवस्यक रहेको बताएका थिए।








