अभिनेता सलमान खानलाई दर्शकले एकपटक फेरि ‘चुलबुल पाण्डे’ को भूमिकामा देख्न पाउँने भएका छन् । सलमानको दबंग सिरिजको चौथो सिक्वेल ‘दबंग ४’ को काम सुरु भएको छ ।





मिडिया रिपोटका अनुसार ‘दबंग ४’ को निर्देशन जिम्मा तिग्मांशु धुलियाको हातमा परेको छ । तिग्मांशुले फिल्म निर्देशनको अलवा लेखन समेत अगाडि बढाएका छन् । यसअघि दबंगको पहिलो सिरिज अभिनव कश्यप, दोस्रो अरबाज खान र तेस्रो प्रभु देवाले गरेका थिए ।

तिग्मांशुलाई फिल्म जोड्ने काम सलमान खानले नै गरेका थिए । तिग्मांशुले साहेब बीवी र पान सिंह तोमर जस्ता फिल्म निर्देशन गरेका छन् । सलमान पछिल्लो समय ‘कभी ईद कभी दिवाली’, ‘टाइगर ३’ को सुटिङमा ब्यस्त छन् । ‘नो एन्ट्री २’ र ‘बजरंगी भाइजान २’ फिल्म समेत उनीसँग अहिले भएको चर्चा छ ।








