Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फलाम निकाल्न धौवादीमा २२० केभीए लाइन लगिँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं। पूर्वी नवलपरासीको धौवादी फलाम खानीका लागि विद्युत उपलब्ध गराउनका लागि प्रसारण लाइन विस्तारको काम अघि बढेको छ। यसका लागि कम्पनी र विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाएका हुन्।

सरकारले निक्कै महत्त्वाकांक्षी योजनाअनुसार अघि बढाएको फलाम कम्पनीमा विद्युत पुर्‍याउन लागि २२० केभीए क्षमताको प्रसारण लाइन विस्तारको काम अघि बढेको हो। धौवादी फलाम खानीलाई विद्युत पहुँच पुर्‍याउनका लागि प्रसारण लाइन बनाउन दुई वर्ष लाग्ने बताइएको छ।

सोही कारण लक्षित समयअघि नै काम पूरा गर्नका लागि अहिलेबाटै प्रसारण लाइन विस्तारको प्रक्रिया सुरु गर्न लागिएको हो।

यो उद्योग सञ्चालनमा आए विद्युत खपत धेरै हुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। उनले भने, ‘सरकारले यो उद्योग सञ्चालनमा ल्याए ४०० मेगावाटसम्म विद्युत खपत गर्न सक्छ। निकट भविष्यमा हाम्रो विद्युत बजारका लागि यस्ता उद्योग आवश्यक छन्। उद्योग रहने स्थलसम्म विद्युत प्रसारण लाइन विस्तार गर्न हामी तयारी अवस्थामा छौं। कम्पनीले सबस्टेसन राख्ने स्थान फाइनल गर्नेबित्तिकै काम अघि बढाउँछौं।’

फलाम खानीसम्म प्रसारण लाइन विस्तारबाट बिजुलीले जोड्ने योजना अघि बढाउन र सबस्टेशन समेत निर्माणका लागि प्राधिकरणले फिल्डमा गएर अध्ययन समेत गरिसकेको जनाएको छ। धौवादी फलाम उद्योगले सुरुमा १५० मेगावाट विद्युत माग गरेको छ। तर पछिसम्मको माग सम्भावनालाई हेरेर प्राधिकरणले चार सय मेगावाट बिजुली बहन सक्ने प्रसारणलाई बनाउने तयारी गरेको हो।

प्राधिकरणले आयोजनाकाे प्रारम्भिक अध्ययन गर्दा १२ किलोमिटर प्रसारण लाइन विस्तार गर्नुपर्ने देखिएको छ। यो लाइन भरतपुर-बर्दघाट २२० केभीए प्रसारण लाइनबाट तानिनेछ। यसका लागि एक अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यद्यपि दुरी अनुसार खर्च थपघट हुन सक्नेछ।

सबस्टेसन राख्ने स्थानको टुंगो मोटामोटी लगाइसकेको धौवादी फलाम कम्पनी लिमिटेडका कार्यकारी अधिकृत जनकबहादुर चन्दले बताए। उनले भने, ‘हामी सबस्टेसन कहाँ राख्ने भन्ने विषयमा मोटामोटी निर्क्योल गरिसकेका छौं। यो स्थलमा प्रधिकरणले समेत अवलोकन गरिसकेको छ। यद्यपि सम्भाव्यता अध्ययनबाट उद्योग राख्ने स्थल फरक पर्छ कि भनेर रोकिएका हौं।’

चार स्थानमा रहेका खानीलाई नजिक पर्नेगरी उद्योग राख्ने तयारी गरिएको छ। एक महिनाभित्र ठाउँ घोषणा भएर काम अघि बढ्ने कम्पनीको भनाइ छ। प्रसारण लाइन विस्तार ‍खर्च कम्पनीलाई सरकारले बहुवर्षीय ठेक्कामा उपलब्ध गराउँछ।

यद्यपि सरकारले चार वर्षअघिदेखि सुरु गरेको काम भने निकै सुस्त गतिमा अघि बढेको छ।

कम्पनीले तीनपटक खानीको कच्चा पदार्थ परिक्षणका लागि चीन पठाइसकेको छ। सो रिपोर्टमा फलाम उत्पादन गर्न सकिने उल्लेख छ। अहिले कम्पनीले सम्भाव्यता अध्ययनका लागि समेत प्रक्रिया अघि बढाएको छ।

यसको लागि पाँच देशका विज्ञ कम्पनीहरुले आवेदन दिएका छन्। पहिलोपटक प्रकाशित बोलपत्रमा कुनै पनि कम्पनीले आवेदन दिएका थिएनन्। किनकी कम्पनीले तोकेको भन्दा धेरै रकम आवश्यक पर्ने आवेदक कम्पनीहरुले जनाउ दिएका थिए। यसपछि पुनः बोलपत्र आह्वान गरी अहिले कम्पनी छनोटका लागि प्रकृया अघि बढेको छ।

कम्पनीका कार्यकारी निर्देशक चन्दका अनुसार केही महिनामै कम्पनी छनोट गरी कामको जिम्मा लगाउने योजना रहेको छ। उनले थपे, ‘हामीले पहिलो पटक फलाम उद्योग स्थापना गर्न लागेका हौं। धेरै अनुभव नभएकै कारण पहिलो पटकको बोलपत्रमा कति खर्च लाग्छ भन्ने अनुमान गर्न सकिएन। अहिले भने पाँच देशका कम्पनीहरुले आवेदन दिएका छन्।’

दक्षिण अफ्रिका, बेलायत, अस्ट्रिया, भारत, चीन लगायत देशका कम्पनीहरुले आवेदन दिएका छन्।

सरकारले १० अर्ब रुपैयाँको कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेर काम अघि बढाएको हो।

चार स्थानको फलाम खानीमा विभागले आर्थिक वर्ष २०६६/६७ बाट अध्ययन सुरु गरेको थियो।

अध्ययनबाट ‘स्पन्ज फलाम’ उत्पादन गर्न सकिने प्रमाणित भइसकेको कम्पनीले जनाएको छ। विभागले दुई पटक गरी १३ सय किलो कच्चा पदार्थ अध्ययनको लागि चीन पठाएको थियो।

चीनको चाइना जिओलजिकल सर्भेले पठाएको प्रतिवेदनमा ४० प्रतिशत स्पन्ज फलाम उत्पादन हुने उल्लेख गरिएको छ।

प्रारम्भिक अध्ययनअनुसार चार स्थानमा कुल १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ। यद्यपि यो अझै बढ्न सक्ने अनुमान गरिएको छ।

कम्पनीका अनुसार पूर्वी नवलपरासीको दुर्लुङ्गा हुप्सेकोटस्थित ब्लक २० हेक्टर क्षेत्रफलमा फैलिएको छ। आर्थिक वर्ष २०७३/७४ मा गरिएको अध्ययन अनुसार यस क्षेत्रमा ५० लाख टन फलामको कच्चा पदार्थ रहेको प्रमाणित भइसकेको छ। यस क्षेत्रमा १०५ मिटर ड्रिलिङ गरी अध्ययन गरिएको थियो।

साविकको नवलपरासी जिल्लामा पर्ने पोखरी ब्लक सुरुमा एक सय हेक्टरमा फलाम खानीको अन्वेषण गरिएको थियो। यस क्षेत्रको जमिनमुनि दुई करोड टन फलामको कच्चा पदार्थ छ।

राम्चे ब्लकमा चार सय हेक्टरभन्दा बढी क्षेत्रफलमा अध्ययन गरिएको यो ब्लक सबैभन्दा ठूलो ब्लक हो। यस ब्लकमा चार करोड २० टन लाखभन्दा बढी फलामको कच्चा पदार्थ छ।-बिजपाटी

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved