Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एक सातामै तीन फिल्म : राजेश हमालकै बाटोमा हिंडेका हुन् विपिन र अनमोल ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । कोरोना महामारीले सिर्जना गरेको शून्यतालाई भर्न कलाकारले धमाधम फिल्म साइन गरिरहेका छन् । विपिन कार्कीदेखि अनमोल केसीसम्मले एकै सातामा दुई वा दुईभन्दा बढी फिल्ममा आफूलाई जोडेका छन् ।

विपिनको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । बलिउड फिल्म ‘एनिमल’, रामबाबु गुरुङको अनटाइटल फिल्म र सम्भवतः ‘लू’ उनका आगामी फिल्म हुन् ।

 

एक साताकै अन्तरालमा अनमोलले तीन फिल्ममा साइन गरेका छन् । ‘छड्के २’ सिरिज, सुदर्शन थापाको अनटाइटल फिल्म र अहिले ‘जेरी २’मा अनमोल अनुबन्धित भएका छन् ।

सकेसम्म कम फिल्म खेल्ने स्वभाव बसालेका अनमोल फिल्मलाई लिएर चुजी थिए । उनले प्राप्त अफरलाई पनि नकार्दै फिल्म छान्ने गर्थे । उनको बजार दृष्टिकोण भनेको हत्तपत्त फिल्म खेल्दैनन् भन्ने थियो ।

 

विपिन र अनमोलजस्ता चलेका दुई कलाकारले बजारसँग सम्झौता गर्न लागेका हुन् ? विपिन भन्छन्– यस्तो अवश्य होइन, खासगरी कोभिड महामारीले जुन रिक्तता सिर्जना गर्‍यो । त्यसलाई मेट्न मैले फिल्म धमाधम गरिरहेको हुँ ।’

आगामी वैशाखसम्म आफूलाई फिल्म अफर नगर्न विपिनको आग्रह छ । अनलाइनखबरसँग कुरा गर्दै उनले फिल्मको उच्च डिमान्ड भएकाले आफूले त्यतिबेलासम्म कुनै फिल्म साइन नगर्ने बताएका थिए ।

यति मात्र होइन, अनमोल सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म पारस, माइतीघर २ सहितको तयारीमा छन् । हेर्दा उनी कम्तीमा डेढ वर्ष व्यस्त भएको देखिन्छ ।

उनै अनमोल हुन् जसले केही वर्षअघिसम्म सिक्वेल नखेल्ने प्रतिबद्धता गरेका थिए । तर उनी पछिल्लो पटक सिक्वेलमा अनुबन्धित भइरहेका छन् ।

समीक्षक बजारको दबाबमा अनमोल र विपिन राजेश हमालकै बाटोमा हिंडेको विश्लेषण गर्दैछन् । अभिनेता हमालले जथाभावी फिल्म साइन गरेर फिल्मको मूल्यप्रति गम्भीर नभएको आरोप लाग्ने गरेको थियो ।

अनमोल र विपिन मात्र हैनन्, दयाहाङ राई र सौगात मल्लको प्रवृत्ति पनि त्यस्तै छ । यी दुई कलाकार कम्तीमा एक वर्ष पूरै व्यस्त छन् । सौगातले त आफूले निर्माण गरेको फिल्मलाई समय दिनुपर्ने भन्दै तीन महिना कुनै फिल्म नगर्ने बताइसकेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved