Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महँगीको मार झेल्न नसकेर श्रीमतीले भाडामा राखिन् श्रीमान्

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पैसा कमाउने उद्देश्यले एक महिलाले आफ्नो श्रीमानलाई नै ‘भाडा’ मा राखेकी छिन् । बढ्दो महँगीसँग जुध्नका लागि आफूले यस्तो गरेकी ती महिलाले स्पष्टिकरण पनि दिएकी छिन् ।

 

श्रीमानलाई भाडामा राख्नका लागि सुरुमा ती महिलाले एउटा वेबसाइट सुरु गरिन् र त्यसको प्रचारका लागि फेसबुकमा एउटा अभियान पनि चलाइन् । उनले यसको नाम ‘हायर माई ह्यान्डी हब्बी’ सर्भिस राखेकी छिन् ।

यस्तो रोचक घटना बेलायतको हो । महिलाको नाम हो – लौरा । आफूलाई यो आइडिया एक पोडकास्ट सुनेर आएको लौराले बताएकी छिन् । उनले पोडकास्टमा एउटा यस्ता व्यक्तिबारे थाहा पाइन् जसले मानिसहरुको घरको साधारण काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका थिए ।

त्यसपछि लौराले ४१ वर्षका आफ्ना श्रीमानलाई पनि यस्तै खालको काममा लगाउन सकिन्छ कि भन्ने सोच बनाइन् । लौराका अनुसार उनका श्रीमान् जेम्स असाध्यै क्षमतावान् छन् र उनी कुनै पनि ‘डु इट योरसेल्फ’ (डिआइवाइ) प्रोजेक्ट पुरा गर्न सक्छन् ।

लौराले भनिन्, ‘जेम्सले बकिङघमशायरमा भएको उनको घरको पूरै रङ रुप फेरिदिएका छन् । उनले आफ्नै डिजाइनमा बेड पनि बनाएका थिए । यसमध्ये एउटा ९ इन्च चौडा फेमिली बेड पनि थियो । जेम्सले किचेन पनि सेट गरेका थिए र काम नलाग्ने सामानबाट एउटा डाइनिङ टेबल पनि बनाएका थिए ।’

लौराले भनिन्, ‘उनी घरेलु र गार्डनको काममा माहिर छन्, त्यसैले उनको क्षमता किन प्रयोग नगर्ने ? उनलाई भाडामा किन उपलब्ध नगराउने ?’

लौराले त्यसपछि ‘रेन्ट माई ह्यान्डी हसबेन्ड’ नामबाट एउटा वेबसाइट सुरु गरिन् । उनले फेसबुक र एक चर्चित एप नेक्स्टडोरमार्फत् यसको प्रचार पनि गराइन् । यसमा आइरहेका प्रतिक्रिया देखेर उनी जिल परिन् ।

लौराले भनिन्, ‘मानिसहरु साँच्चै नै इच्छुक थिए । केहीलाई भने जेम्सलाई कुनै भिन्न काम (यौनजन्य क्रियाकलाप) का लागि राखेको भन्ने सोच्नुभएको छ । यति महँगी हुँदा पनि म यस्तो गर्नका लागि कुनै पनि हालतमा तयार छैन । यद्यपि, धेरै मानिसहरुलाई मेरो आइडिया मन परिरहेको छ । कहिलेकाँही सानोतिनो कामका लागि मान्छे बोलाउन मुश्किल हुने भन्दै धेरै मानिसहरुले मेरो प्रशंसा पनि गरिरहेका छन् ।’

लौराले भनिन्, ‘जेम्स केही कुरामा माहिर छन् जस्तै कि फ्लेट पेक्स जोड्न, ट्रेम्पोलाइन्स लगाउन, थुप्रै सामान फिट गर्न । उनले तस्बिर हेरेरै बच्चाका लागि बंक बेडदेखि लिएर परिवारका लागि बिस्पोक फर्निचर बनाउन सक्छन् ।’

जेम्स पहिला एक वेयरहाउसमा काम गर्दथे । उनले २ वर्ष अघि आफ्नो काम छोडेका थिए । किनभने उनका तीन सन्तानमध्ये दुई ‘अटिस्टिक’ नामको डिसअर्डरबाट ग्रसित छन् र उनी आफ्ना सन्तानको हेरविचारमा लौरालाई सहयोग गर्न चाहन्थे ।

लौराका अनुसार जेम्स मोटर मेकानिक्सको पढाईका लागि पुनः कलेज जान तयारी गरिररहेका छन् । उनी पढ्दै गर्दा पनि काम गरिरहनेछन् ताकि आम्दानी प्रभावित नहोस् । लौराले भनिन्, ‘हामीले एउटा घरबाट लगभग ४ हजार पाउँछौँ र कुनै पनि काम सानो हुँदैन ।’

उनलाई भित्तामा टिभी फिट गर्नेदेखि पेन्ट गर्नेसम्मका काम आउँछन् । उनले भनिन्, ‘हामी भिन्न रुपमा सक्षम, कसैको हेरविचार गरिरहेका र ६५ वर्षमाथिका व्यक्तिलाई डिस्काउन्ट पनि दिन्छौँ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved