Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो ।

 

सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो ।

तर तीमध्ये जम्मा तीन फिल्महरू भुल भुलैया–२, द कश्मीर फाइल्स र गंगुबाई काठियावाडीले मात्र बक्स अफिसमा नाफा कमाउन सफल भए । आसा गरिएका बच्चन पाण्डे, सम्राट् पृथ्वीराज र धाकडजस्ता ठुला बजेटका फिल्मसमेत नराम्ररी फ्लप भए ।

हालसम्म भारतीय फिल्मले कुल १४ अर्ब भारु मात्र उठायो अर्थात् लगानीकर्ताले झन्डै २ अर्ब भारु गुमाए । यो वर्षको आगामी ६ महिना प्रदर्शनमा आउन लागेका फिल्मको कुल लगानी २५ अर्ब करोड भारु रहेको छ । तर, अहिले लगानीकर्ता र विश्लेषक समेत ती फिल्मको लगानी उठ्नेमा विश्वस्त छैनन् ।

विशेषतः पछिल्लो समय भारतको दक्षिण भेगका तेलगु भाषी, तमिल भाषी, कन्नण भाषी फिल्मले हिन्दी बोलिने भेगमा पनि राम्रो कमाई गर्न थालेका छन् । आगामी ६ महिना पनि केही ठुला दक्षिण भारतीय ठुला फिल्महरू प्रदर्शनमा आउँदैछन् । ती फिल्मसँग प्रदर्शन जुध्दा हिन्दी भाषी फिल्मको कमाई घट्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

यो वर्ष प्रदर्शन आउन बाँकी ठुला बलिउड फिल्म

२२ जुलाईमा रिलिज हुने फिल्म शमशेरामा चार वर्षपछि रणवीर कपूर मुख्य भूमिकामा देखिँदैछन् । ऐतिहासिक द्वन्द्वप्रधान फिल्ममा रणवीरसँगै वाणी कपुर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । दुई वर्षसम्म प्रदर्शन सरेर अन्ततः आमिर खानको फिल्म लाल सिंह चड्डा ११ अगस्टमा सार्वजनिक हुँदैछ । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो ।

स्पोर्ट एक्सन फिल्म लिगर यही वर्षको २५ अगस्टमा रिलिज हुँदैछ । यस फिल्मबाट तेलगु भाषी फिल्मका स्टार विजय देवरकोंडाले हिन्दी भाषी फिल्म उद्योगमा डेब्यु गर्दैछन् । ‘डियर कमरेड’बाट हिन्दी बेल्टमा चिनिएका विजयसँगै अनन्या पाण्डेका अतिरिक्त चर्चित बक्सर माइक टायसन पनि देखिनेछन् ।

अयान मुखर्जीद्वारा निर्देशित ब्रह्मास्त्र बलिउडको अहिलेसम्मको सबैभन्दा ठुलो बजेटको फिल्म हुनेछ । सुपरहिरो काल्पनिक फिल्म ब्रम्हास्त्रमा रणवीर कपुर, अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुनजस्ता ठुला स्टारहरु देखिनेछन् ।

अक्षय कुमारको फिल्म रक्षा बन्धन तुलनात्मक सानो अर्थात ३० करोड भारुमा बनेको भए पनि फिल्मले राम्रो गर्ने कमाई गर्ने आशा गरिएको छ । फिल्मलाई आनन्द एल राईले निर्देशन गर्दैछन्, जसको अघिल्लो फिल्म ‘अतरंगी रे’ले राम्रो चर्चा पाएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved