पूर्वि नवलपरासीको अरुणखोला दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाए पछि बुधबार बिहान ५ बजेदेखि अवरुद्ध सडकखण्ड बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ ।


नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक बिहानसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासले जानकारी दिएको छ। अरुणखोला र दुम्कीबास बीचका करिब १२ किलोमिटर खण्डको बीचमा ३ वटा डाइभर्सन बगाएका कारण राजमार्ग अवरुद्ध थियो ।




राजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी सडकमा पानीले निकास नपाउँदा बाटो बगाउने गरेको हो । असार सुरु भएपछि दुम्कीबास अरुणखोला खण्डमा वर्षात् हुनासाथ दिनहुँ सडक बगाउने गरेको छ ।
बाढीले पूर्ण निकास नपाउँदा कच्ची सडक भत्काउने गरेको हो । डाईभर्सन बनाएर सडक सुचारु गरिएपछि गन्तव्यका लागि रोकिएका सयौ सवारीसाधनहरु चल्न थालेका छन् ।








