अविरल बर्षासगै आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ ।





बुधबार विहान ६ बजे विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला,मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।

अहिले पूर्वपश्चिम राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध छ । अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।








