Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिका : टेक्ससमा ट्रकभित्र भेटियाे ४२ जनाको शव

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन् ।

स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।

न्युयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन् ।

सान एन्टोनियो अमेरिका(मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा अवस्थित छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उनले यसलाई घातक खुला सीमा नीतिको परिणाम भने ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्ना एक अधिकारी घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको नागरिकताबारे भने केही जानकारी नभएको उनले बताए ।

यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved