Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

यी महिलाले ४० वर्षमा जन्माइन् ४४ सन्तान, श्रीमान् घर छोडेर भागे !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् ।

 

यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् ।

यी महिलाले आफ्ना सन्तानको पालनपोषण एक्लै गरिरहेकी छिन् यी महिला को हुन् र कहाँ बस्छिन् ? यत्तिका बच्चा जन्माउनुको कारण के थियो ? यसबारे जानकारी लिऔँ ।

को हुन् ४४ सन्तान जन्माउने यी महिला ?

एनवाई पोस्टकाअनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो जो पूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी छिन् ।

मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् ।

१२ वर्षको उमेरमा भएको थियो विवाह

मरियम १२ वर्षको हुँदा उनका आमा–बुवाले उनलाई विवाहको बहानामा बेचिदिएका थिए । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानको जन्मपछि मरियमलाई महसुस भयो कि उनको फर्टिलिटी अन्य महिलाको भन्दा बढी छ । उनले लगातार यति धेरै बच्चा जन्माउन थालेपछि उनी डाक्टरलाई भेट्न गइन् र डाक्टरले उनलाई उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

यसकारण जन्मिए यति धेरै बच्चा

डाक्टरले मरियमलाई उनको डिम्बाशय असामान्य रुपमा ठूलो भएका कारण उनको शरीरमा हाइपर ओभ्युलेशन नामक स्थिति भएको जानकारी दिए । हाइपर ओभ्युलेट स्थिति वंशानुगत हुन्छ । यो स्थितिमा अत्यधिक बच्चा जन्माउने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ ।

युगान्डाको राजधानी कम्पालास्थित मुलगो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. चार्ल्स किगगुन्ड्डुले मरियमको स्थितिबारे जानकारी दिएकी छिन् । उनले भनिन्, ‘मरियमको फर्टिलिटी असाध्यै धेरै थियो, यसैकारण उनले धेरै बच्चा जन्माइरहेकी थिइन् । मरियमको स्थितिमा कुनै पनि परिवार नियोजनका साधनले काम गर्दैन र यदि यस्तो गरेको भए पनि उनलाई गम्भीर रोगको खतरा पनि हुन सक्थ्यो । ’

यद्यपि, हाइपर ओभ्युलेशनको उपचार त छ तर युगान्डाको ग्रामिण इलाकामा ती प्रविधि भित्रिनु निकै मुश्किल थियो ।

सन् २०१६ मा भागेका थिए श्रीमान्

जानकारीका अनुसार मरियमका श्रीमान् सन् २०१६ मा घरबाट सबै पैसा लिएर भागेका थिए । त्यसै वर्ष उनले आफ्ना सबैभन्दा कान्छो छोरालाई जन्म दिएकी थिइन् । मरियम आफ्ना सन्तानसँग उत्तरी कम्पालाबाट ३१ मिल टाढा खेतले घेरेको एउटा गाउँमा बस्छिन् । मरियमलाई उनका श्रीमानले छोडेर गएपछि एक महिलाले उनलाई केही बङ्क बेड दिएकी थिइन् । मरियम र बच्चा त्यसमा सुत्छन् । एउटा गद्दामा दुई बच्चा सुत्छन् ।

आफूलाई धोका दिने श्रीमानलाई सम्झिँदै उनी भन्छिन्, ‘म आँसुमा नै हुर्किएँ, मेरा श्रीमानले मलाई असाध्यै दुःखमा छोडेर हिँडे ।’

मरियमको सबै समय बच्चाको हेरविचार र पैसा कमाउँदैमा बित्ने गर्छ । उनले आफ्ना सन्तान हुर्काउनका लागि सबै काम गरिसकेकी छिन् जसमा कटिङ, फोहोर संकलन गर्नेछ, औषधी बेच्ने आदि ।

उनले कमाएको सबै पैसा खाना, लत्ताकपडा, औषधी उपचार र स्कुलको शुल्कले तुरुन्तै निल्छ ।

तर उनको घरको दुःखी भित्तामा स्कुलबाट स्नातक गरेका उनका केही सन्तानको तस्बिर झुण्ड्याइएको छ ।

उनको जेठो छोरा इभान किबु २० वर्षका पुगे । आमाले खर्च धान्न नसकेपछि उनले माध्यमिक विद्यालय छोड्न बाध्य भए ।

‘आमा अभिभूत हुनुहुन्छ,’ उनले भने, ‘उहाँहलाई कामले खाइरहेको छ ।’

‘हामीले उहाँलाई जति सक्दो मद्दत गरिरहेका छौँ, जस्तै खाना पकाउने, लुगा धुने तरपनि उहाँले अझै पनि परिवारको सम्पूर्ण बोझ बोक्नुहुन्छ । म उहाँलाई महसुस गर्छु ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved