देवचुली,


देवचुली नगरपालिकाको दशौँ नगरसभाको लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा शुक्रबार बन्द हुने भएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।




देवचुली नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताएको छन् । असार १० गते दिउँसो ११ बजेदेखि नगरसभा सुरु हुने देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो ।









