Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, थर्ड आई उत्कृष्ट

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

दुई दर्जन नेपाली लघु चलचित्र बीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड आशुतोष प्रोडक्सनको फिल्म थर्ड आईले जितेको छ ।

 

काठमाडौंमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको लघु चलचित्रको प्रतिस्पर्धा मुलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा थर्ड आई उत्कृष्ट भएको हो । काठमाडौंमा सम्पन्न यो प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।

प्रतिस्पर्धामा थर्ड आईले अन्य तीन वटा अवार्ड पनि जितेको छ । जसमा थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् भने अभिनेत्री तर्फ जुरीको अवार्ड थर्ड आईबाट अभिनेत्री कमला अधिकारीले प्राप्त गरिन । यही फिल्मबाट केडी प्रसितले सह अभिनेताको अवार्ड हाँसिल गरे ।

सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अवसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले चुमेका छन् । अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हाँसिल गरिन् ।

यस्तै सो प्रतिस्पर्धामा फिल्म दानबबाट मोहम्मद रफी शाहले दानवबाट निर्देशन तर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गरे । उत्कृष्ट छायाँकारको फिल्म कलेज लाइफबाट मनोज चौधरीले पाए । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् ।

यस्तै नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरे । यस्तै नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा यो अवार्ड सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved