Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रदेश सरकारका बजेट : फिल्म पर्यटनदेखि चलचित्र बोर्ड गठनसम्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । सातै प्रदेशले बुधबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन् । केही प्रदेश सरकारले फिल्म, कला, साहित्य, संगीत र नाट्य क्षेत्रको लागि पनि बजेट विनियोजन गरेका छन् ।

तर गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले चाहिं कला क्षेत्रका लागि बजेट नै विनियोजन गरेका छैनन् ।

 

७० अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको बागमती प्रदेशले पर्यटकीय गन्तव्य, कला संस्कृतिको छायांकन गरी चलचित्रको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न बजेट विनियोजन गरेको छ ।

साथै मौलिक कला, लोकसंगीत, नृत्य, नाट्य साहित्य र प्रदर्शनकारी लोककलाको अभिलेखीकरण, संरक्षण, अनुसन्धान र विकासमा जोड दिने जनाएको छ ।

 

सांस्कृतिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति, शहीद तथा घाइते व्यक्तिको सम्मानको लागि स्मृति केन्द्र, प्रतिष्ठान तथा अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले बजेट छुट्टाएको छ ।

४६ अर्ब ८८ करोड आकारको बजेट ल्याएको मधेश प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । साथै भाषा, साहित्य, कलाको संरक्षण एवं सम्वद्र्धनको लागि मधेश प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्न र परम्परागत लोकसंगीत, नृत्य, नाटक लगायतका श्रव्य तथा लोककलाको अध्ययन तथा अनुसन्धान गर्न बजेट विनियोजन गरेको छ ।

७० अर्ब ९३ करोड बजेट ल्याएको प्रदेश १ ले चलचित्र विकास र प्रवर्द्धनको लागि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा चलचित्र छायांकन स्थलको सम्भाव्यता अध्ययन र प्रदेशको पहिचान एवं पर्यटन प्रवर्द्धन गर्ने चलचित्रलाई प्रोत्साहन गर्नको लागि बजेट विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ८ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ९ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ९ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved