Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बक्स अफिसमा धमाका मच्चाउँदै कमल हसनको ‘विक्रम’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

साउथ सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले ११ दिनमा विश्वभर ३२२ करोडभन्दा बढीको कमाई गरेको छ । यति मात्र होइन, फिल्मले भारतबाट मात्रै २२० करोडभन्दा बढीको व्यापार गरेको छ । योसँगै यो कमल हसनको करियरको उत्कृष्ट फिल्म पनि बनेको छ ।

 

‘विक्रम’को सफलतापछि अब हालैको एक अन्तर्वार्तामा कमल हसनले यो फिल्मबाट जति पैसा कमाउन लागिरहेको छ, त्यसले अब आफ्नो सबै ऋण तिर्न सक्ने बताएका छन् । उनले पनि भने, “अब म मेरो सबै ऋण तिर्न सक्छु। म आफ्नो मनपर्ने सामग्रीमा मात्र काम गर्नेछु। म मेरो परिवार र साथीहरूलाई जे चाहन्छु, त्यो दिन सक्छु।” उनले यो पनि खुलासा गरे कि पहिले जब उनी आफ्नो फिल्मले ३ सय करोड कमाउनेछ भन्दा, कसैले पत्याएका थिएनन्।

रिपोर्टका अनुसार १५० करोडको बजेटमा बनेको फिल्मले ११ दिनमा भारतका सबै भाषामा २२०.७५ करोड कमाएको छ । योसँगै फिल्मले हालसम्म विश्वभर ३२२.१५ करोडको ग्रस बक्स अफिस कलेक्सन गरेको छ । यो फिल्म विश्वभर ३२०० स्क्रिनमा रिलिज भएको थियो ।

यो एक्सन ड्रामा फिल्मलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । फिल्ममा कमल हासनका अलावा विजय सेतुपति, फहद फाजिल, कालिदास जयराम, नारायण, एन्टोनी वर्गीस र अर्जुन दासको पनि मुख्य भूमिका छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved