Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दुई सातामा ‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

१४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको छ । डेढ सय बढी हलबाट प्रदर्शन भएको फिल्मको कमाइमा हलिउड र बलिउड रिलिजको खास प्रभाव छैन ।

 

आज शुक्रबारदेखि तेस्रो साता प्रवेश गर्दै ‘कबड्डी ४’ले अकुपेन्सीमा केही ड्रप भए पनि स्थिर कमाइलाई निरन्तरता दिने देखिएको छ । तेस्रो सप्ताहन्तमा फिल्मले २० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र दुई सातामा फिल्मले ५ करोड ६३ लाख ग्रस कमाएको छ । आईएनआईमा मात्र ३ करोड १० लाख ग्रस कलेक्सन छ ।

 

निर्माता तथा निर्देशक रामबाबु गुरुङ र वितरक मनोज राठीले दोस्रो साता कलेक्सनको आँकडालाई पुष्टि गरे । ‘कबड्डी’को कमाइलाई विश्लेषण गर्दा मोफसलमा फिल्म बजारको आकार विस्तार भएको देखिन्छ ।

विगतमा काठमाडौंलाई फिल्मको ७५ प्रतिशत बजार मानिने गरे पनि मोफसलमा बढ्दो जनसंख्या र आधुनिक फिल्म हलको विस्तारसँगै बक्स अफिस आकार पनि बढेको अनुमान छ ।

अमेरिकाबाटै ४ करोड, विदेशबाट १० करोड ग्रस

‘कबड्डी ४’ले स्वदेश मात्र होइन, विदेशमा समेत कीर्तिमानी कमाइ गरिरहेको छ । फिल्मले अमेरिकाबाटै ४ करोड ग्रस कमाइ गर्ने जानकारी वितरकले दिएका छन् ।

शो संख्या र डलरको मूल्य विश्लेषण गर्दा त्यहाँको कमाइ त्यति प्रक्षेपण गरिएको जनाइएको छ । अष्ट्रेलियामा लाइफटाइम कलेक्सन डेढ करोड ग्रस पुग्ने अनुमान छ । जापानमा ७० लाख प्रक्षेपण छ ।

निर्देशक गुरुङले अस्ट्रेलिया, अमेरिका र जापानमा कीर्तिमानी कमाइ भएको बताए । गुरुङका अनुसार विदेशको राइट बिक्रीबापत निर्माताले २ करोड २१ लाख रुपैयाँ नेट प्राप्त गरेका छन् ।

भारतमा जुन १७ तारिखमा फिल्म प्रदर्शनको तयारी छ । ‘कबड्डी ४’ले विदेशबाट कुल १० करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । नेपालमा चाहिं यो फिल्म जेठ १३ गते रिलिज भएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved