Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि आफूलाई मन्त्री आलेले छलफलमा बोलाएकाले गएको श्रेष्ठले बताए ।

 

सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’को रुपमा विदेश प्रस्थान गर्दा र फर्किंदा विमानस्थलको अति विशिष्ट वा विशिष्ट कक्षको प्रयोग गरी आवतजावत गर्न दिन भन्दै पर्यटनले गृहलाई पत्राचार गरेको हो ।

पर्यटन मन्त्रालयसँग समन्वय गरी यस्तो व्यवस्था कार्यान्वयन गर्न पत्रमा भनिएको छ । भीआईपी र भीभीआईपीको सूची गृहले तयार पार्दै आएको छ । २०६६ चैत १ गते दुई दर्जन फिल्मकर्मीले सरकारबाट विशिष्ट श्रेणीको चलचित्रकर्मीको मान्यता पाएका थिए ।

 

चलचित्र विकास बोर्डले कलाकारलाई यस्तो सुविधा दिन माग गर्दै आर्थिक वर्ष २०७७/०७८ को चलानी नम्बर ७२७ पत्रमार्फत माग राखेको थियो । गत शनिबार चलचित्र संघको कार्यक्रममा पर्यटनमन्त्री आलेले यसबारे आफूले पहल गर्ने बताएका थिए ।

नेपालमा कलाकारको सम्मान गर्ने परिपाटी नरहेको भन्दै मन्त्री आलेले यस्तो सुविधा दिइनु जरुरी भएको समेत बताएका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ९ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ९ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ९ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved