काठमाडौं । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना बिहे बन्धनमा बाँधिने भएका छन् । असार अन्तिम साता आफूहरुबीच बिहे हुन लागेको जानकारी नीताले दिइन् ।


तर, निकट स्रोतले चाहिँ असार २४ गते दुईबीच लगनगाँठो कसिने जनाएको छ । तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको छेकोमा बिहे गर्न लागेको हो ।




होटल याक एन्ड यतिमा बिहे रिसेप्सन गर्ने तयारी छ । बिहेमा सहभागि हुन बलिउड अभिनेता तथा ‘ह्रस्वदीर्घ’मा भिलेनको भूमिका निर्वाह गर्ने कलाकार प्रदीपसिंह रावत नेपाल आउने भएका छन् ।
नायिका ढुंगानाले आगामी साता आफूहरुको बिहेबारे औपचारिक जानकारी दिने जानकारी दिइन् । ‘असार अन्तिममा बिहे हुने निश्चित हो । ठ्याक्कै यही मिति भन्ने छैन । आगामी साता यसबारे जानकारी गराउँछौं’ नीताले अनलाइनखबरलाई भनिन् ।








