Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरूलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताएका हुन् ।

 

मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे ।

चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र सङ्घले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर सङ्घको प्रशंसासमेत गरे । उनले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्रीस्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमानस्थलमा भिआइपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई विशिष्ट कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा पासका लागि पत्र लेखी पठाउनेसमेत जानकारी गराए ।

“कोभिडका कारण चलचित्रकर्मीले विद्युत् महसुलदेखि विभिन्न समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधानका लागि म पहल गर्नेछु”, मन्त्री आलेले भने, “कोभिडका कारण चलचित्रकर्मीले भोग्नुपरेका समस्या समाधानका लागि मसहित मेरो मन्त्रालय तयार छ ।”

उनले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवनताललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाङ्कन गरिदिनसमेत आग्रह गरे । उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved