Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मध्य प्रदेश : भाइरल भिडियोले उजागर गरेको भारतको पानीको चरम समस्या

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भारतमा पानीको लागि इनारको पर्खाल चढिरहेकी महिलाको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा केही महिला इनारबाट पानी निकालेपछि बिना डोरी इनारको भित्तामा चढिरहेका देखिन्छन् । मध्य प्रदेशको घुसिया गाउँको उक्त भिडियोले त्यस भेगका कैयौं स्थानमा कायम पानीको अभावलाई उजागर गर्छ ।

 

घुसिया गाउँका मानिसहरु इनार र पोखरीका पानी सुकेपछि यस्तो जोखिमपूर्ण रुपमा पानी निकाल्न बाध्य भएका छन् । मध्य प्रदेशबाहेक भारतका अन्य क्षेत्रका मानिसहरुले पनि यस्तै संकट व्यहोरिरहेका छन् । यसअघि पनि पानीका लागि ज्यान जोखिममा पार्ने काममा संलग्न मानिसहरुको भिडियो बाहिरिन्थ्यो ।

अप्रिलमा यस्तै भिडियो सार्वजनिक भएको थियो, जहाँ एकजना महिला महाराष्ट्र राज्यको एक इनारमा पानी लिन इनार तल गएकी देखिन्छिन् । सन् २०१९ मा सार्वजनिक एक विश्वव्यापी रिपोर्टले भारतलाई विश्वमा ‘पानीको समस्या’ ‘अत्यन्त उच्च’ रहेको १७ मुलुकमध्ये एकमा समावेश गरेको थियो ।

रिपोर्टमा भारतभित्र पनि मध्य प्रदेश, पन्जाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड र हरियाणा सबैभन्दा बढी संकटग्रस्त क्षेत्र उल्लेख गरिएका छन् । घुसिया गाउँका क्रुद्ध गाउँलेले पानीको समस्या समाधान नभएसम्म कुनै पनि चुनावमा भाग नलिने बताएका छन् ।

‘गाउँभरमा तीनवटा इनार छन् । ती सुकेर तिनको पिँधमा मात्र पानी बचेको छ । हाते चापाकलमा पानी आउन छाडेको धेरै भइसक्यो । सरकारी कर्मचारी र राजनीति दलका नेता चुनावको समयमा मात्र यहाँ आउँछन् । हामीले पानीको आपूर्ति नभएसम्म मतदान नगर्ने निर्णय गरेका छौं ,’ एकजना गाउँले महिलाले भनिन् ।

भारत जमिनमुनीको पानीको स्रोत उपभोग गर्ने सबैभन्दा ठूलो मुलुक हो । यहाँका धेरै मानिस पानीका लागि भूमिगत पानीको आपूर्तिमा निर्भर छन् । त्यही भूमिगत पानी पनि धेरै गहिराइमा समेत आउन छाडेपछि समस्या उत्पन्न हुन थालेको विश्व बैंकले बताएको छ ।

भारतले सन् २०५० सम्म पानीको चरम अभाव सामना गर्ने र ३० सहर उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने प्रक्षेपण छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved