Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् ।

अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर पर्ला ? यो बक्स अफिस समीकरणको विश्लेषण टम क्रुजको ‘टपगन माभेरिक’बाट सुरु गरौं ।

 

खासमा गत साता रिलिज हुने निश्चित भएको ‘टपगन माभेरिक’लाई ‘कबड्डी ४’कै कारण एक साता पोस्टपोन्ड गरिएको थियो । उत्तर अमेरिकासहित विश्व बक्स अफिसमा ओपनिङ रेकर्ड राखेको यो फिल्म नेपाली मल्टिप्लेक्स दर्शकमाझ प्रतीक्षित पनि छ ।

टम क्रुजको करिअरमै अहिलेसम्मकै उत्कृष्ट ओपनिङ भएकाले पनि यो फिल्मलाई लिएर पर्खाइ उच्च छ । नेपालको एउटा दर्शकवर्गमा टम क्रुजको फ्यान फलोइङ उच्च छ । यो फिल्मका कारण मल्टिप्लेक्समा अन्य फिल्मको कमाइ प्रभावित हुनसक्छ ।

बलिउड स्टार अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी चिल्लर अभिनित ‘सम्राट पृथ्वीराज’ नेपाली दर्शकमाझ प्रतीक्षित अर्को एक फिल्म हो । यशराज फिल्म्सले निर्माण गरेको यो फिल्मले पनि सिंगलदेखि मप्टिप्लेक्ससम्म अन्य फिल्मलाई प्रभावित बनाउन सक्छ ।

दुई दक्षिण भारतीय फिल्म ‘विक्रम ः हिट लिस्ट’ र ‘मेजर’ पनि शुक्रबारै प्रदर्शन हुनेछन् । पछिल्लो समय नेपाली बक्स अफिसमा दक्षिण भारतीय फिल्मको दबदबा कायम रहँदा यी दुई फिल्म प्रदर्शन हुन लागेका हुन् ।

नेपालमा समेत फ्यान फलोइङ भएका दुई साउथ स्टारहरु कमल हसन र विजय सेतुपाथी ‘विक्रम : हिट लिस्ट’को मुख्य भूमिकामा छन् । अदिभी शेष र साई मन्जीरकार स्टारर अर्को साउथ फिल्म ‘मेजर’ पनि रिलिज हुने भएकाले शो प्रभावित हुनसक्छ ।

मुलुकको दोस्रो मुख्य मल्टिप्लेक्स चेन आईएनआईका प्रमुख सुरेन्द्र थापा चार फिल्म रिलिज हुँदा ‘कबड्डी ४’को शो र कमाइमा असर पर्ने बताउँछन् । ‘नयाँ चार विदेशी फिल्ममा पनि स्टारकास्ट भएकाले कबड्डीको शो र कमाइमा असर पर्नेछ,’ उनले भने, ‘किनभने दोस्रो साता पनि कबड्डीले राम्रो कमाइ गर्न सक्छ ।’

अब प्रश्न उठ्छ, चार नयाँ फिल्म रिलिज हुँदा के ‘कबड्डी ४’ले सबैभन्दा बढी कमाउने ‘छक्कापञ्जा ३’को १६ करोड ग्रसको कीर्तिमान तोड्ला ?

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved