Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ आइतबारबाट सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले गरेका थिए ।

 

नेपालसहित १५ देशका २६ फिल्महरु सहभागी महोत्सवमा नेपालका १२ र विदेशका १४ रहेका छन् । यो महोत्सव मंगलबारसम्म चल्नेछ । कार्यक्रमका विकास बोर्ड​ अध्यक्ष दाहालले महोत्सव आयोजना गर्नु आफैंमा सराहनीय कार्य भएको बताए । उनले महोत्सवले नेपालमा विदेशी चलचित्रको प्रवर्द्धनलाई मद्दत पुग्ने धारणा राखे । आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानकै लागि महोत्सव आयोजना गर्दै आएको बताइन् ।

त्यस्तै प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको सांस्कृति आदान​ प्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने बताइन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, अभिनेता धिरेन शाक्य लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एकदेखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो । आलोक तिवारी र ओम प्रकाश घिमिरे ‘पत्रकारिता सम्मान’, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्यण अधिकारी ‘कलाकारिता सम्मान’ र सुजन तिमिल्सिना ‘नेल आर्ट टेक्निसियन सम्मान’, बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, ‘मेकअप आर्टिस्ट राष्ट्रिय सम्मान’बाट सम्मानित हुँदा प्रीति सोनी शाह, शुभद्रा देवी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान ‘सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९’ बाट सम्मानित भए ।

कार्यक्रममा महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाले महोत्सवमा पारेको असरको विषयमा जानकारी दिए । महोत्सवको निर्णायकहरुमा संगीतकार जुगल डँगोल, अभिनेताहरू प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक विधान कार्की र पत्रकार कुवेर राज गिरी रहेका छन् । उद्घाटन दिन आइतबार महोत्सवमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आइतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशित ‘राईज’, देवेन्द्र खत्रीको ‘द डेलिभरी’ प्रदर्शन गरिएको थियो । यस्तै केमरुनको वृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाईम पनि प्रदर्शन गरियो । महोत्सवमा सोमबार १० वटा चलचित्र प्रदर्शन गरिने अध्यक्ष मिश्रले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved