Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कंगनाको ‘धाकड’ सुपर फ्लप

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको सम्झौतामा परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन ।

 

बलिउड हंगामाको रिपोर्ट अनुसार ‘धाकड’को बक्स अफिसमा खराब प्रदर्शनपछि यस फिल्मका धेरै शो रद्द भएका छन् । यस्तो अवस्थामा अब फिल्मका निर्मातालाई ओटीटीमा स्थान पाउन निकै संघर्ष गर्नुपरेको छ । कुनै पनि चलचित्रको ओटीटी र स्याटेलाइट अधिकार चलचित्र रिलिज हुनु अघि बेचिन्छ। निर्माताहरूले च्यानल वा ओटीटी प्लेटफर्ममा अधिकार बेचेर कमाईबाट राम्रो नाफा पाउँछन्। तर ‘धाकड’ को हकमा त्यस्तो केही भएको छैन ।

स्रोतका अनुसार निर्माताले कुनै पनि ठूला ओटीटी प्लेटफर्मबाट राम्रो डिल पाउँछन् भन्ने सोचेर फिल्म रिलिजअघि नै ‘धाकड’को अधिकार बिक्री गरेका थिएनन् । यही कारण थियो कि फिल्मको सुरुमा पनि ओटीटी र स्याटेलाइट सम्झौताको बारेमा निर्माताहरूले कुनै जानकारी दिएनन् ।

‘धाकड’ बक्स अफिसमा फ्लप साबित भएपछि फिल्मको स्याटेलाइट र डिजिटल राइट्स बेचेर निर्माताले राम्रो आम्दानी गर्नेछन् भन्ने आशा गर्न सकिँदैन । यति मात्र होइन, फिल्मका निर्माताले ओटीटी र स्याटेलाइट अधिकारका लागि अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् । ‘धाकड’ एउटा एडल्ट फिल्म भएको र टिभीमा देखाउनका लागि निर्माताले पुनः सर्टिफिकेट लिनुपर्ने पनि बताइएको छ, जुन निकै लामो प्रक्रिया हो । योसँगै फिल्मलाई लिएर फ्यान र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएको छैन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ९ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ९ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ९ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved