देवचुली


देवचुली नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उप प्रमुखलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ। देवचुली भित्र रहेका सामुदायिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा शिक्षक महासंघका अध्यक्ष चन्द्र देव तिवारीको अध्यक्षतामा नगर प्रमुख हरि न्यौपाने र उप प्रमुख पार्वता तिवारीलाई सम्मान गरिएको हो।




सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले न्यौपाने र तिवारीद्वयलाई सफल कार्यकालको लागी वधाई, स्वागत तथा शुभकामना ब्यक्त गर्दै जनमतको कदर गर्न आग्रह गरेका थिए। यस्तै नगर प्रमुख न्यौपानेले नगरपालिकाको समग्र बिकासको लागी आफु सदैव लाग्ने र समृद्ध र नमुना नगरपालिका बनाउने बताएका थिए।
उप प्रमुख तिवारीले आफु दोस्रो पटक उप मेयर पदमा निर्वाचित भएकाले पनि अझ झन् जिम्मेवारी थपिएकाले जनताको सेवा गर्न कुनै कसर बाँकी नराख्ने बताए।
कार्यक्रममा कालिका माविका प्राधानाध्यापक रेशम कोइराला , नेपाल नमुना माविका प्राधानाध्यापक शिव प्रसाद देवकोटा , नव नेपालका प्रधानाध्यापक राम प्रसाद गौताम लगायतले शुभकामना राखेको दिब्यज्योति आधारभूत बिधालयका प्रधानाध्यापक मैना श्रेष्ठले अनलाइन सेरोफेरोलाई बताएकी छिन्। कार्यक्रमलाई देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारीले सहजीकरण गरेका थिए।








