Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बाजुराका सीडीओलाई कारबाही गर्न आयोगको निर्देशन, बुढीगंगाको सम्पूर्ण मतदान रद्द

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने आयोगको ठहर छ । आयोगले बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्दै छिटै नयाँ समिति तोकिने जनाएको छ ।

बिहीबार बसेको आयोगको बैठकले सीडीओ सहितका प्रहरी अधिकारीलाई तीन दिनभित्र हटाएर सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुलाई सेवा शर्त सम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन पनि निर्वाचन आयोग गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि भएको छ ।

अब नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय सम्बन्धित निर्वाचन अधिकृत तोक्नेछन् । बुढीगंगामा धाँधली भएको भन्दै मतगणना हुन सकेको थिएन।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved