Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जर्मनीले महिनाभर ९.५ डलर मात्र लाग्ने पास ल्याउँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

जर्मनीमा अब महिनाभर सार्बजनिक यातायात प्रयोग गरेको खर्च जम्मा ९.५ डलर (९ युरो) लाग्ने भएको छ । इन्धनको मूल्य बढेको बेला यो अफरले धेरैका लागि राहत दिने त्यहाँको सरकारले आशा गरेको छ ।

 

जर्मन सरकारले मे २३ मा यस्तो मासिक यातायात टिकट निर्माणलाई अनुमति दिएको छ । यो टिकट जुन महिनाबाट जारी हुनेछ । उर्जा राहत प्याकेज अन्तर्गत ल्याउन लागिएको कार्यक्रम जुन, जुलाई र अगष्टका गर्मी महिनामा लागू हुनेछ ।

मासिक टिकट जर्मनीका सबै स्थानीय र क्षेत्रीय सार्वजनिक यातायातहरू रेल, बस र ट्राममा लागू हुनेछ । तथापि यो टिकटले लामो दुरीका यातायातको भने भर्पाई गर्दैन । तर जर्मनीको उन्नत रेल सञ्जालमा क्षेत्रीय रेलहरु फेर्दै गएर लामो दुरी पनि पार गर्न सकिन्छ ।

यस कार्यक्रममार्फत स्थानीय तथा क्षेत्रीय सार्वजनिक यातायातलाई उल्लेख्य सस्तो बनाउने र नीजि सवारी साधन प्रयोग निरुत्साहित गर्ने सरकारको योजना छ । जर्मन सरकारले यो परियोजनाका लागि २.५ अर्ब युरो (२.६ अर्ब डलर) छुट्याइसकेको छ ।

हरेक पास महिना भरका लागि मात्र लागू हुनेछ । अर्थात कसैले महिनाको १४ गते सो पास किनेको छ भने महिनाको अन्तिमसम्ममा मात्र प्रयोग हुनेछ ।

मासिक टिकट स्थानीय बासिन्दालाई मध्यनजर गरेर बनाइएको भए पर्यटकले पनि यसलाई किन्न सक्छन् । जर्मनीको राष्ट्रिय रेलसेवा ‘ड्युच बाह्न’ ले पासलाई वेबसाइटमा राखिसकेको छ । –सीएनएनबाट

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved