Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अष्ट्रेलियाको एक चुनावी सभामा ‘किम जोङ उन’ देखिएपछि कार्यक्रम नै अवरुद्ध

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

शुक्रबार अष्ट्रेलियाको एक चुनावी सभा तब अवरुद्ध भयो जब त्यहाँ उत्तर कोरियाली नेता किम जोङ उनजस्तै देखिने व्यक्ति मञ्चमा चढे। देशका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी कार्यक्रममा सभासद् ग्ल्याडिस लिउको प्रचारको लागि आयोजित गरिएको थियो।

 

वास्तविक नाम ली होवार्ड हो वुन भएको उनी होवार्ड एक्सको नामले चिनिन्छन्। कार्यक्रममा आएर मिडियासँग बोल्दै होवार्ड एक्सले भने ,‘धेरै धेरै धन्यवाद । ग्ल्याडिस लिउ अष्ट्रेलियाकी कम्युनिष्ट उमेद्वार हुन् ।’ हवार्ड बोलिरहँदा उनलाई मोरिसनका सहयोगीले रोकेका थिए।

‘कृपया तपाई यहाँबाट गइदिनुस् । चुनावी अभियानमा यो भन्दा घृणित हकर्त मैले अहिलेसम्म मैल देखेको छैन,’ प्रधानमन्त्रीका सहयोगी निक क्रेभीले भने । ​क्रेभीको भनाईको जवाफ दिदैं उनका नक्कल गर्ने व्यक्तिले भने ,‘ सुप्रिल लिडरलाई आदेश दिने तपाई को हो ? म ग्ल्याडिस लिउको उमेद्वारीलाई समर्थन गर्छु ।’

त्यति भनेर किम जोङ उनको नकल गरिरहेका होवार्ड एक्स कार्यक्रमस्थलबाट निस्किएका थिए। चुनावी सभामा भएको विरोधको यो अनौठो शैली युनिर्भसिटी अफ क्विन्सल्याण्डका विद्यार्थी तथा राजनीतिक अभियन्ता एन्ड्रयू पाभलोभको योजनामा भएको थियो । समाजिक संजालमा उनले हावार्ड एक्स आफ्नो असल मित्र भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट विरोधी अभियन्ता पाभलोभले लिउले चीनको समर्थन गर्ने भएकाले उनको विरोध गरेको बताएका छन्। हङकङमा जन्मिएकी लिउ विगत ३० वर्षदेखि अष्ट्रेलियामा बसिरहेकी छन्। उनको उमेद्वारीले चिनियाँ मुलका अष्ट्रेलियालीलाई तान्ने आसा गरेको छ। कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोरिसनले चिनियाँ मूलका अस्ट्रेलियालीहरू देशभक्त हुने भन्दै तिनको प्रशंसा गरेका थिए।

होवार्ड एक्स किम जोङ उनको नक्कल गरेर समय समयमा चर्चामा आइरहन्छन्। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भेटवार्ता हुनुअघि होवार्ड पनि सिंगापुर पुगेका थिए। प्रहरीले उनलाई वार्ता नसकुन्जेल समाएर राखेको थियो ।

अस्ट्रेलियामा आगामी मे २१ निर्वाचन हुँदैछ। मतसवेक्षणहरुले मध्य–वामपन्थी लेबर पार्टीले मोरिसन नेतृत्वको कन्जरभेटिलाई उछिन्ने देखाएको छ।

एसोसिएटेड प्रेसबाट

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved