Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मेक्सिको–अमेरिका सिमानामा ड्रग्स तस्करीका लागि प्रयोग भइरहेको रेल चल्ने सुरुङ भेटियो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्ने एउटा उच्च प्रविधियुक्त सुरुङ भेटको जानकारी दिए। यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको थियो ।

 

मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको प्रहरी अधिकारीले बताए। सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने प्रविधि प्रयोग गरिएको थियो ।

यही क्षेत्र वरपर विगत दुई दशकमा एक दर्जनभन्दा बढी सीमा वारपार गराउने उच्च प्रविधि जडित सुरुङ भेटिएका छन्। जहाँ सुरुङ भेटिएको छ, त्यहाँको सतहमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने सुरुङलाई रोके पनि गहिराइमा बन्ने सुरुङलाई रोक्न नसक्ने रहेछ।

सुरुङ भेटिँदा त्यसभित्र क्यालिफोर्नियाको दक्षिणी भेगका ६ तस्कर भेटिएको अधिकारीले बताएका छन्। प्रहरीले उनीहरूसँग रहेको ७९९ केजी कोकिन, ७५ केजी मेथ र १.६ किलो हेरोईन जफत गर्‍यो। सुरुङ शुक्रबार भेटिएको थियो र यो ५३२ मिटर लामो, ४ फिट चौडा रहेको प्रहरीले जानकारी दिएको छ। सुरुङ झण्डै ६ तल्ले घर जत्तिको गहिराइमा रहेको अधिकारीले बताएका छन्।

सुरुमा भेटिएको लागु पदार्थको प्रकृतिले अमेरिका र मेक्सिकोबीच तस्करी हुने ड्रग्सको बदलिँदो तस्बिर प्रस्तुत गर्ने विश्लेषक बताउँछन्। सन् २०१९ मा क्यालिफोर्निया राज्यले गाँजालाई वैधानिकता दिनुअघि अधिकांश समय टनका टन गाँजा समातिन्थ्यो ।

अहिले तस्करहरूले हिरोइन, मेथ र फेन्डाईलजस्ता कडा ड्रग्स ओसार पसार गर्न थालेको देखिएको छ। यी ड्रग्सको कुनै गन्ध नहुने भएकोले सानो परिमाणमा वैधानिक सीमा नाकाबाट पनि ओसार पसार हुन्छ। तस्करले सुरुङलाई भने ठूलो परिमाणमा एकैपटक ड्रग्स अमेरिका भित्राउन प्रयोग गर्न थालेका छन्।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved