Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रुसको धम्कीलाई बेवास्ता गर्दै फिनल्याण्ड र स्वीडेनले नेटोको सदस्यताका लागि आवेदन दिए

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

स्वीडेन र फिनल्याण्डले बुधबार नेटोको सदस्यताको लागि औपचारिक आवदेन दिएका छन् । यसलाई युक्रेनमा रुसले आक्रमण गरेपछिको सबैभन्दा ठूलो भूराजनीतिक प्रतिफलको रुपमा हेरिएको छ ।

नेटोको महासचिव जेन्स स्टोल्टेनबर्गले नेटोको मुख्यालयमा व्यक्तिगत रुपमा दुई मुलुकले सदस्यताको लागि दिएको आवेदन स्वीकारे ।

अमेरिकी नेतृत्वको प्रतिरक्षात्मक सैन्य गठबन्धन नेटोको मुख्यालय उत्तर–पूर्वी ब्रसेल्सको हरेनमा छ ।

‘हाम्रा घनिष्ट साझेदार फिनल्याण्ड र स्वीडेनले नेटोमा सहभागी हुन गरेको अनुरोधलाई म न्यायो स्वागत गर्छु,’ स्टोलटेनवर्गले भने । उनले दुई मुलुकले उठाएको कदमलाई ‘ऐतिहासिक’ को संज्ञा दिए ।

नेटोको लागि स्वीडेनका राजदूत एलेक्स वेर्नहोफ र उनका फिनिस समकक्र्षी क्लोस कोरहोनेनले तिनका मुलुकका विदेश मन्त्रीले हस्ताक्षर गरेका आवदेन पत्र स्टोलटेनवर्गलाई हस्तान्तरण गरेका थिए ।

फिनल्याण्डका राष्ट्रपति सोली नीईनिस्तो र स्वीडेनका प्रधानमन्त्री मग्दालेना एण्डरसन बिहिबार वाशिन्टन जाँदैछन् । त्यहाँ उनीहरुले अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटेर नेटोका सदस्यताका लागि तिनले दिएको दिएको आवेदनबारे छलफल गर्नेछन् ।

कुनै मुलुक नेटोको नयाँ सदस्य चुनिनको लागि विद्यमान सबै सदस्य मुलुकको सहमती आवश्यक पर्छ । टर्कीले यसअघि नै स्वीडेन र फिनल्याण्डलाई नेटो सदस्य दिने कुरामा समर्थन नगर्ने बताइसकेको छ ।

अंकाराले उसले आतकंवादी मान्दै आएको कुर्दिस सैन्य संगठनका सदस्यलाई ती मुलुकले आश्रय दिने गरेको लगाउँ दै आएको छ । त्यसबाहेक सन् २०१९ मा सिरियामाथि सैन्य अभियान संचालन गरेपछि मुलुकले टर्कीमाथि सैन्य निर्यात प्रतिबन्ध लगाएकाले पनि टर्की रुष्ट छ।

तथापि हेलसिन्की, स्टकहोम र अन्य पश्चिमी मुलुक टर्की अन्तिम समयसम्म विरोधबाट पछि हट्ने आशामा छन ्।

टर्कीमा आगामी वर्ष चुनाव हुदै गर्दा रिसेप तयिप एर्दोगानले घरेलु राजनीतिमा फाईदाका लागि बार्गेनिङ गरिरहेको र उसले आवेदनविरुद्ध भिटो प्रयोग गर्ने सम्भावना नरहेको विज्ञको विश्वास छ ।

सामान्य अवस्थामा नेटोको सदस्यका लागि आवदेन दिएदेखि सबै सदस्य मुलुकको अनुमोदन हुनसम्म आठदेखि १२ महिना लाग्छ । तर संगठनले स्वीडेन र फिनल्याण्डमाथि रुसबाट खतरा रहेको भन्दै सदस्य प्रक्रिया छिटो बनाउँदैछन् ।

रुसले उसका दुई छिमेकी मुलुकहरु स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको विरोध गर्दै आएको छ। उसले यस्तो कदमलाई ‘गल्ती’ भन्दै यस्तो कदमको गम्भिर परिणाम हुनसक्ने धम्की दिएको छ।

द गार्जियनबाट

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १० घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १० घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १० घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved