Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ताजमहलका बन्द २२ कोठाको के छ रहस्य ? जसलाई खुलाउन चलिरहेछ मुद्दा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

के संसारको सबैभन्दा चर्चितमध्ये एक स्मारक ताजमहलका बन्द कोठामा कुनै रहस्य लुकेको छ ?अरुलाई जे विश्वास भए पनि उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीशहरूलाई ती कोठामा कुनै रहस्य रहेको विश्वास छैन । तिनले गत विहीबार भारतको सत्तारुढ भारतीय जनता पार्टीका एक कार्यकर्ताले ताजमहलका २२ बन्द ढोका खोल्न माग गरिएको मुद्दा खारेज गरिदिए ।

 

मुदा दायर गर्ने रजनीश सिंहले ती बन्द ढोका खुले ‘ताज महलको सत्यता’ बाहिर आउने दावी गरेका थिए । यहाँसम्म कि मुद्दा दायर गर्ने सिंहले अदालतमा ती कोठामा भगवान् शिवको मूर्ति रहेको केही इतिहासकारको दावी पनि प्रस्तुत गरेका थिए ।

ताजमहल १७ औं शताब्दीमा आगराको यमुना नदीको किनारमा मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा बनाएका थिए । इँटा,रातो ढुङ्गा र सेतो संगमरमरले बनेको ताजमहल संसारको सबैभन्दा भव्य भवनहरूमध्ये एक मानिन्छ । यसको उत्कृष्ट कारीगरीले पनि धेरैको ध्यानाकर्षित गर्छ । यो विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्यहरूमा समावेश छ ।

तर रजनीश ताजमहलको यो स्वीकृत इतिहाससँग सहमत छैनन् । ‘यी कोठमा के लुकाइएको छ जान्ने अधिकार हामी सबलाई छ,’ रजनीशले अदालतसँग भने । रजनीशले खोल्न माग गरेका धेरै बन्द कोठाहरू चिहान रहेको भूमिगत च्याम्बर क्षेत्रमा रहेका छन् । विश्वसनीय स्रोतका अनुसार ताजमहलको ती कोठा खाली छन् ।

मुगल वास्तुकलामा लामो अनुसन्धान गर्ने र ताजमहलको विश्वसनीय अध्ययता एम्मा कोचले उनको अनुसन्धानका क्रममा यी कोठाहरूको तस्विर खिचेकी थिइन् । यी कोठाहरु गर्मी याममा प्रयोग गरिन्थ्यो । स्मारकको नदीतर्फ फर्किएको छतमा कयौं कोठाहरू लहरै छन् । कोचले नदीतर्फ फर्किएका १५ कोठा देखेकी थिइन् । त्यो ठाउँ एक साँघुरो कोरिडोरबाट पुग्न सकिन्छ ।

चर्चामा रहेका बन्द कोठामा सात ठूला कोठा,६ चारकुने कोठा र २ अष्टभुजायुक्त कोठा छन् । ठूला कोठाहरू नदीतर्फ खुलेका छन् । एम्मा कोच गएको कक्षमा माथि सेतो र भुँइ रंगीन थियो । नक्काशीका टुक्राहरू थिए । ‘बीचमा गोलो आकृति र त्यसको वरपर व्यवस्थित जाली ढाँचा थियो ।’ कोचले सम्झदै भनिन् ।

युनिभर्सिटी अफ भियनाकी एसियाली कलाका प्राध्यापक एम्मा कोचले टिप्पणी गरिन्, ‘यो एउटा सुन्दर हावादार स्थल हुनुपर्छ,जसलाई यो चिहानको भ्रमणमा आउँदा बादशाह,उनका महिला र अन्य सहयोगीहरुले उपयोग गरेको हुनुपर्छ । अहिले यहाँ प्राकृतिक प्रकाश पुग्दैन ।’

त्यस्ता भूमिगत कोठा मुगल वास्तुकलाको एक हिस्सा रहने गरेका छन् । पाकिस्तानको लाहोर सहरमा रहेको मुगल किल्लामा नदीतर्फ खुल्ने यस्ता कोठाहरू भेटिन्छन् । शाहजहाँ सामान्यतया यमुना नदीको घाटमा रहेको डुङ्गाबाट ताजमहल पुग्थे,घाटमा बनेको सिँढीमा ओर्लिएर चिहानमा प्रवेश गर्थे ।

‘मलाई त्यो सुन्दर रंगीन गल्लीको सम्झना छ,जुन पहिले ठूलो ठाउँमा गएर खुल्यो । यो स्पष्ट रूपमा बादशाह हिँड्ने बाटो थियो,’ करिब बीस वर्षअघि यहाँ आइपुगेकी भारतीय संरक्षणवीद् अमिता बेग सम्झन्छिन् ।

ताजमहलको बारेमा अनेक मिथक

दिल्लीमा बसोबास गर्ने इतिहासकार राणा सफावी आगरामा हुर्केकी थिइन् । सन् १९७८ को बाढी आउनु अघिसम्म यी कोठाहरू पर्यटकका लागि खुला भएको उनी सम्झन्छिन् । भन्छिन् ,‘त्यस बाढीमा चिहानमा पानी पसेको थियो,तलका केही कोठामा बालुवा पसेको थियो र चट्टानहरू देखिन थालेका थिए । त्यसपछि प्रशासनले सर्वसाधारणका लागि यी कोठाहरू बन्द गरिदियो । ती खाली कोठा हुन्,त्यसमा केही छैन ।’

यी कोठाहरू समय–समयमा मर्मतका लागि खोलिन्छन् । यद्यपि ताजमहलको बारेमा धेरै मिथक र किंवदन्ती व्याप्त छन् । एक मिथकअनुसार ताजमहल रहेको स्थानबाट यमुना नदीको अर्को किनारमा कालो ताजमहल बनाउने शाहजहाँको योजना थियो भन्ने छ । अर्को मिथकअनुसार ताजमहल वास्तवमा एक युरोपेली वास्तुकारद्वारा निर्माण गरिएको थियो ।

केही पश्चिमी विद्वान भारतीय मुस्लिम समाजमा महिलाको हैसियत न्यून भएकाले स्मारक शाहजहाँको श्रीमतीको लागि नबनाइएको हुन सक्ने विश्वास गर्छन् । यद्यपि,भारतका अन्य स्थानमा पनि महिलाहरूको लागि निर्माण गरिएका स्मारकहरू भेटिएका छन् ।

केही उत्साही गाइडहरू ताजमहल बनेपछि शाहजहाँले त्यसलाई बनाउने वास्तुकारको हत्या गरिदिएको र कारीगारको हात काटिदिएको कथा बताउने गर्छन् ।

भारतमा व्याप्त अर्को मिथकअनुसार ताजमहल वास्तवमा तेजो महलया नामक् भगवान् शिवलाई समर्पित हिन्दू मन्दिर थियो । यो मिथकका अनुसार सन् १७६१ मा हिन्दू राजा सुरजमलले आगरा माथिको जितपछि पुजारीले ताजमहललाई हिन्दू मन्दिरमा परिणत गर्न सल्लाह दिएका थिए । भारतीय इतिहासलाई हिन्दूवादी कोणबाट लेख्ने लेखक पीएन ओकले उनको एउटा पुस्तकमा ताजमहल वास्तवमा शिव मन्दिर भएको दाबी गरेका छन् ।

सन् २०१७ मा भाजपाका नेता संगीत सोमले ताजमहललाई ‘आक्रमणकारी’ले बनाएको स्मारक भन्दै यसलाई भारतीय संस्कृतिको धब्बाको संज्ञा दिएका थिए । पछिल्लो समय भाजपा सांसद दिया कुमारीले शाहजहाँले हिन्दू शाही परिवारको जग्गा खोसेर ताजमहल बनाएको दावी गरेकी छिन् ।

विगत एक दशकदेखि यस प्रकारको हिन्दूत्वादी सिद्धान्तले जोड पाइरहेको बताउँदै राणा सफवी भन्छिन् ,‘दक्षिणपन्थी समूहहरूको एक वर्ग त्यस्ता झुटा समाचार,झूटा इतिहास र हिन्दूमाथि अत्याचार भएको र उनीहरू पीडित भएको कुरा प्रबद्र्धन गरिरहेका छन् ।’

‘यस्तो लाग्छ कि ताजमहलको बारेमा गम्भीर अध्ययन कम भएको छ भने त्यस सम्बन्धमा काल्पनिकता बढी हावी भएजस्तो देखिन्छ,’ एम्मा कोचले भनिन् ।

उता रशनीश कुमारले भने उच्च अदालतको निर्णयपछि पनि चुप नलाग्ने,यो मुद्दा लिएर माथिल्लो अदालत जाने बताएका छन् ।

बीबीसी हिन्दीबाट

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved