देवचुली,


देवचुली नगरपालिका वडा नं ४ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ । देवचुली वडा नं ४ का वडाध्यक्ष उम्मेदवार नेकपा एमालेका गिर बहादुर थापा क्षेत्री (राम) पुनः निर्वाचित हुनभएको हो । रामले ६ सय २ मत प्राप्त गरि आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धनका) उम्मेदवार हेमराज भण्डारीलाई हराउनुभएको हो ।




भण्डारीले ४ सय ८८ मत प्राप्त गरि पराजित हुनुभएको छ । रामले भण्डारीलाई १ सय १४ मत ल्याएर जित हासिल गर्नुभएको छ । यसैगरि वडा नं ४ को महिला वडा सदस्यतर्फ नेकपा एमालेका मोतीमाया थापा गुरुङले ६ सय ६५ मत ल्याएर विजयी भएकी छिन् । यता दलित महिला वडा सदस्यमा नेकपा एमालेकी सुकमाया सार्की ६ सय ३८ मत प्राप्त गरेकी छिन् ।
यसैगरि वडाको खुल्ला सदस्यतर्फ गणेश क्षेत्रीले ६ सय ३६ र कृष्ण प्रसाद रेग्मीले ६ सय ३८ मत प्राप्त गरेरप्यानल सहित विजयी भएका छन् ।
वडाध्यक्ष नेकपा एमालेका गिर बहादुर थापा क्षेत्री (राम) ले २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा रहेर एक कार्यकाल सम्पन्न गरिसकेका छन् ।








