Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो।

 

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ। सङ्कलित नमुनाको तिब्बतको ल्हासास्थित एक अनुसन्धान संस्थामा अध्ययन गरिनेछ । नेपाल-चीन सीमा क्षेत्रमा अवस्थित सगरमाथा क्षेत्रको वातावरण विश्लेषणका लागि चिनियाँ वैज्ञानिक टोलीले सङ्कलन गरेका नौ सिलिन्डर बरफ र हिउँको नमुना ल्हासास्थित चाइनिज एकेडेमी अफ साइन्सेजमा अध्ययन गर्न थालिएको छ।

फरक-फरक तीनवटा नमूना सगरमाथाको चुचुरोबाट सङ्कलन गरिएका हुन् भने बाँकी छ नमुना सात हजार २८ मिटरको उचाइबाट लिइएको चाइना मिडिया समूहले उल्लेख गरेको छ। हिमाल आरोहणको क्षेत्रमा संसारको सबैभन्दा उच्च भूभागबाट यसरी नमुना लिएर अध्ययन गर्न थालिएको पहिलो पटक हो। १३ सदस्यीय आरोहण दलले गत साता सगरमाथाको सफल आरोहण गरी ती नमुना संकलन गरेको चिनियाँ सञ्चार संस्थाले जनाएको छ। सङ्कलित सबै नमुना तिब्बत पठारभूमि अनुसन्धान केन्द्रको आइस कोर बैङ्कमा भण्डार गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved