देवचुली ।
स्थानीय चुनाब नजिकीदै गईरहेकाे बेला देबचुली -९ का युवाहरू विभिन्न पाटी परित्याग गरी नेपाली काङ्ग्रेस मा प्रबेश गरेका हुन ।


साेमबार नेपाली काँग्रेस देवचुली ९ का सभापति कृष्ण बहादुर अाले ज्यु काे अध्यक्षतामा एक कार्यक्रम काे अायाेजना गरि नवलपुर युवा मञ्चको अध्यक्ष राम सुनारकाे सक्रीयतामा सरिता सुनार बचाउ अभियान कार्यक्रम सँगै पार्टी प्रबेश कार्यक्रम पनि अायाेजना गरीएकाे थीयाे । देबचुली ९ निवासी साेम बहादुर सुनारको छाेरी बर्ष २५ कि सरिता सुनार लामाे समय देखि दुबै मृगौला फेल भई चार महिना देखि काठमाडौं टिचिङ हस्पिटल मा उपचार भईरहेकाे र उपचारकाे लागि ठुलाे रकम चाहिने र पारीवारीक अार्थिक स्थीती कमजाेर भएकाले सहयाेगकाे अपेक्षा गरि उक्त कार्यक्रम अायाेजना गरीएकाे थीयाे ।




कार्यक्रममा नेपाली काँग्रेस देबचुली नगर सभापति डिल्लीराम कडरीया काे प्रमुख अातीत्थ्यता र गठबन्धन बाट नेपाली काँग्रेस तर्फबाट मेयर पदका उमेदबार अशाेक बस्ताकाेटिकाे उपस्थित रहेकाे थियाे । उपचार नपाएर काेहीले पनि मृत्यु बरण गर्न नपराेस र यसकाे लागि अाँफुले सक्दाे सहयाेग गर्ने बस्ताकाेटिले मन्तब्यका क्रममा बाेलेका थिए ।

त्यस्तै प्रमुख अतिथि कडरीयाले नव प्रबेशी साथिहरूलाई स्वागत गर्दै अागामी दिनहरूमा हातेमालो गर्दै अगाडि बड्नुपर्ने बताउनुभयाे ।
उक्त कार्यक्रममा उद्घाेषककाे भुमीका निर्बाह गरि सहजीकरण नबराज अधिकारी ले गरेका थिए ।
पर्टी प्रबेश गर्ने ब्यक्तिहरू ।
१) गाेबिन्द बिक
२) सागर सुनार
३) नवीन तिवारी
४) प्रमिश अर्याल
५) अनुराग श्रेष्ठ
६) समीर खरेल
७) मिलन अाले
८) मिलन सुनार
९) राजिब थापा
१०) साहील गुरूङ
११) साैगात थापा
१२) साहारा सुनार
१३) समर्मिला बिक
१४) मिना बिक
१५) मिलन सापकाेटा








