Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चुनावको मुखमा कलाकारको पार्टी प्रवेश : स्वार्थ के ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२३ वैशाख, काठमाडौं । चैत २२ गते बसेको स्वागत नेपाल नेतृत्वको दल उन्नत लोकतन्त्र पार्टीले अभिनेता भुवन केसीलाई स्थानीय चुनावमा काठमाडौंको मेयर पदमा उठाउने निर्णय गर्‍यो ।

त्यसको भोलिपल्टै केसीले अधिवक्ता समेत रहेका नेता नेपालसँग सामान्य कुराकानी मात्र भएको, तर कुनै निर्णय नभएको बताए । विगतमा एमालेमा रहिसकेका भुवनले गत सातासम्म राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गर्ने चर्चा थियो ।

 

तर यी आशंकालाई चक्मा दिंदै अभिनेता केसी गत मंगलबार सत्तारुढ दल कांग्रेस प्रवेश गरे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा केसीसहित कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्कालाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गरेलगत्तै अनलाइनखबरलाई दिएको अन्तवार्तामा भुवन र श्वेताले ‘आफूहरु देशको सेवाका लागि कांग्रेसमा प्रवेश गरेको’ बताए । साथै, कलाकारको समस्यालाई लोकतान्त्रिक दल कांग्रेसले मात्र पूरा गर्न सक्ने उनीहरुले तर्क गरे ।

 

फिल्म निर्देशक तथा विश्लेषक सचिन घिमिरे भन्छन्- राजनीतिमा अनुहारले होइन, विचारले हस्तक्षेप गर्ने हो । विचारले हस्तक्षेप गरेर समाजलाई योगदान दिने नैतिकता कलाकारमा हुनुपर्छ ।
पदका लागि आफूहरु पार्टी प्रवेश नगरेको भुवन र श्वेता बताउँछन् ।

तर उनीहरुको कांग्रेस प्रवेशलाई लिएर फिल्मवृत्तमा व्यापक टीकाटिप्पणी मात्र भइरहेको छैन, चलचित्र विकास बोर्डका नेतृत्वका लागि बार्गेनिङ गर्दै पार्टी प्रवेश गरेको आमबुझाइ छ । पार्टीले आवश्यक ठाने आफूले बोर्डको जिम्मेवारीपछि पछि नहट्ने भुवन कथन छ ।

स्थापनादेखि नै राजनीतिक भागबण्डामा नियुक्त हुने बोर्डको नेतृत्वमा दाबी गर्ने र दललाई पछ्याउनेमा भुवन मात्र अपवाद होइनन् । श्वेताको कांग्रेस प्रवेशलाई लिएर पनि फिल्मवृत्तमा यस्तै अनुमान भइरहेका छन् । माओवादी हुँदै कांग्रेस प्रवेश गरेका निर्देशक नीर शाहलाई गत महिना कांग्रेसले राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने चर्चा चल्यो । यो चर्चालाई स्वयं शाहले पनि अस्वीकार गरेनन् ।

तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भए । बालुवाटार निकट मानिने शाहको चासो चलचित्र विकास बोर्डको अध्यक्षमा समेत भएको बताइन्छ ।

गत चैत ८ गते अभिनेत्री करिश्मा मानन्धरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । पार्टी प्रवेश गरेलगत्तै अनलाइनखबरसँगको कुराकानीमा करिश्माले सिधै भनिन्, ‘अवश्य पनि पोजिसनकै लागि राजनीति गर्ने हो । म यसका लागि आफूलाई योग्य पनि ठान्छु ।’

 

स्थानीय चुनाव आउन अब केही दिन मात्र बाँकी रहँदा देखिएको कलाकारको दल अदलबदल र राजनीतिक पार्टी प्रवेशको यो सिलसिला नयाँ होइन । आवधिक निर्वाचनको छेकोमा कलाकारहरुको पार्टी प्रवेश र उम्मेदवारीको चर्चा पञ्चायतकालदेखि नै हुँदै आएको देखिन्छ । पछिल्लो समय भने दलीय खेमामा विभाजित हुने कलाकारको प्रवृत्तिमा बढोत्तरी देखिन्छ ।

जनतासामु ‘फेसभ्यालु’ बोकेका कलाकारको अनुहार बिकाउने खोज्ने राजनीतिक दल र राजनीतिलाई सुरक्षित अवतरणको बाटो बनाउन दल प्रवेश गर्ने सेलिब्रिटीबीच ‘स्वार्थहरुको द्वन्द्व’जस्तो देखिन्छ । स्थानीय चुनावको छेकोमा चर्चित कलाकारलाई पार्टीमा प्रवेश गराउन ठूला नेताहरु लागिपरेका देखिन्छन् ।

तस्वीर : रासस
करिश्मा एमाले प्रवेश गरेलगत्तै महेश बस्नेत लगायतका पार्टी नेताहरुले अभिनेता राजेश हमालसँग अनौपचारिक भेटघाट गरे र पार्टी प्रवेशको लागि आग्रह गरेको बताइन्छ । उनै हमाल हुन् जो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला अर्का अभिनेता तथा एमाले निकट सांस्कृतिक विभागका संयोजक दिनेश डीसीसँग दिल्ली पुगेका थिए, जहाँ उनले बलिउड कलाकारसँग पनि भेट गरे ।

पार्टी प्रवेश गर्न दलहरुले दबाब दिइरहेपनि हमाल सार्वजनिक रुपमा कुनै दलतर्फ पनि खुलेका छैनन् । यद्यपि, उनले आफू लोकतान्त्रिक आस्थाप्रति प्रतिबद्ध हुने गरेको बताउँछन् ।

फिल्म निर्देशक तथा विश्लेषक सचिन घिमिरे नेपाली कलाकारले पहुँच र अनुहारको भरमा मात्र राजनीति गरिरहेको र त्यो लामो समय नटिक्ने बताउँछन् । उनी भन्छन्, ‘कलाकारले विचारले राजनीति गरे त राम्रै हो । लोकतन्त्रमा राजनीति गर्नु संवैधानिक स्वतन्त्रताको कुरा पनि हो, तर अहिले कलाकार अनुहारको भरमा मात्र राजनीति गरिरहेका छन् ।’

उनी अगाडि भन्छन्, ‘अनुहारको भरमा राजनीतिमा पहिचान गराउन खोजेर कति दिन टिक्ने ? त्यसले देशलाई के रुपान्तरण गर्ने भन्ने प्रश्न सधैं उठाइरहनुपर्छ ।’

आफ्नो क्षेत्रलाई नेतृत्व गर्न नसक्ने कलाकारले राजनीतिमा लागेर परिवर्तन गर्छु भन्ने कुरा लामो समय नटिक्ने उनी बताउँछन् । ‘राजनीतिमा अनुहारले होइन, विचारले हस्तक्षेप गर्ने हो । विचारले हस्तक्षेप गरेर समाजलाई योगदान दिने नैतिकता कलाकारमा हुनुपर्छ,’ उनी भन्छन् ।

नेपाली फिल्म र संगीत क्षेत्रका कलाकार धमाधम पार्टीमा खुलिरहेको बेला र्‍याप गायक बालेन शाहले भने काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलप्रति रुचि नराख्ने कलाकार भने बालेनप्रति खुलेर लागेका छन् र उनको चुनावी चिन्ह लौरोमा मतदान गर्न अपील गर्दैछन् । निर्मल शर्मा, निश्चल बस्नेत, स्वस्तिमा खड्का, प्रियंका कार्की, स्वप्निल शर्मा, बेनिशा हमालसहित अधिकांश कलाकार यतिबेला बालेनको पक्षमा खुलेका छन् । बालेनको घरदैलोमा समेत उनीहरुले साथ दिएका छन् । एकातिर दलतर्फ खुलेका कलाकार र अर्कोतिर बालेन जस्ता स्वतन्त्र उम्मेदवारलाई साथ दिनेको घुइँचो ।

‘बालेन जस्ता कलाकारको उम्मेदवारीले पुराना पार्टीलाई सच्चिन दबाब पनि दिन्छ । किनभने उनको अनुहार मात्र होइन, वैचारिक हस्तक्षेपको प्रयास पनि ओजपूर्ण छ,’ घिमिरे भन्छन्, ‘किनभने, दलहरुलाई बालेनको उम्मेदवारी एउटा थ्रेट पनि हो । कलाकारले अनुहारले मात्र होइन, विचारले समेत हस्तक्षेप गर्नुपर्‍यो ।’

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved