टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए ।





संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन पुनरुत्थान प्राविधिक समितिले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए । नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए ।

‘मेरो यो पहिलो भ्रमण हो, अन्तिम होइन’ उनले थने– ‘हामी फेरि भेट्नेछौँ ।’ उनले आफ्नो भ्रमणमा सहयोग गर्ने र आफुलाई माया गर्ने सबैप्रति आभार ब्यक्त गरे । त्यस्तै कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दुज्यातानले नेपालमा फिल्म छायाङ्कन गर्ने योजना बनाएकोमा खुसी ब्यक्त गरे । त्यसका लागि आफु र मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका मन्त्री आलेले समय निकालेर नेपाल भ्रमणमा आएकोमा धेरै धेरै धन्यवाद दिए ।








