Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

साउथबाट करियर सुरु गरेका यी हुन् बलिउडका ५ स्टार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

धेरै मानिस कलाकार बन्ने सपनाका साथ मुम्बई भित्रिन्छन् । तर, कमैको मात्र उदेश्य पुरा हुने गर्छ । कतिपय त फिल्म अभिनयका लागि निर्माता–निर्देशकको कार्यालय बारम्बार धाउँछन् । तर पनि सफल हुँदैन । आज बलिउडका ती अनुहारको चर्चा गर्दछौ । जसले बलिउड प्रवेश अगाडि साउथ (दक्षिण भारतीय) फिल्ममा बनाएका थिए पहिचान ।
अनिल कपुर :
अनिल कपुर अहिले बलिउडका चर्चित अभिनेता हुन् । आफ्नो करियरमा उनले राम लखन, तेजाब, वेलकम जस्ता धेरै सुपरहिट फिल्म दिएका छन् । उनले मणि शर्माद्वारा निर्देशित कन्नड फिल्म ‘पल्लवी अनु पल्लवी’ बाट अभिनय डेब्यू गरेका थिए । यो फिल्म गरेपछि उनी हिन्दी फिल्म उद्योगमा भित्रिएका हुन् । उनले केही हलिउड फिल्म समेत काम गरिसकेका छन् ।
तापसी पन्नु :
तापसी पन्नुले बलिउडका धेरै ठूला फिल्म अभिनय गरेकी छन् । उनले डेभिड धवनको फिल्म ‘चश्मे बद्दुर’ बाट बलिउड डेब्यु गरेकी हुन् । बलिउड अगाडि उनले साउथ फिल्ममा काम गरेकी थिइन् । उनको पहिलो तेलुगु फिल्म ‘झुम्माण्डी नान्दा’ हो ।

 

दीपिका पादुकोण :
दीपिका पादुकोण अचेल बलिउडकी शीर्ष नायिकामा गनिन्छिन् । ‘ओम शान्ति ओम’ बाट उनले हिन्दी फिल्ममा डेब्यू गरेकी थिइन् । त्यस अगाडि उनी कन्नड फिल्ममा पनि देखिएकी थिइन् । सन् २००६ मा उनले सुपरस्टार उपेन्द्रसँग ‘ऐश्वर्या’ फिल्म अभिनय गरेकी थिइन् ।

प्रियंका चोपडा :
मिस वर्ल्ड बनेपछि प्रियंका चोपडा रातारात भारतमा चर्चित भइन् । तर, उनलाई यो चर्चाको फाइदा बलिउडमा पुगेन । उनले साउथ फिल्म इन्डस्ट्रीबाट अभिनय करियर सुरु गरिन् । तमिल सुपरस्टार विजयसँग सन् २००२ मा उनले फिल्म ‘थामिजन’ गरेकी थिइन् । त्यसपछि मात्र उनी बलिउड भित्रिएकी हुन् ।

ऐश्‍वर्या राय बच्चन :
ऐश्वर्या राय बच्चनले सन् १९९४ मा विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । तर उनले तत्कालै बलिउडमा काम पाउन सकिनन् । त्यसैले उनी पहिले साउथ फिल्म इन्डस्ट्रीमा लागिन् । ऐश्वर्याले तमिल फिल्म ‘इरुवर’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछिको ‘जीन्स’ फिल्मले उनलाई निकै चर्चित बनायो । त्यसपछि उनले बलिउडमा यात्रा थालेकी हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved