Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मनोनयनको पहिलो दिन काठमाडौंको मेयरमा १६, उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

११ वैशाख, काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै विभिन्‍न वडाको वडाध्‍यक्षमा २३ जना र वडा सदस्‍यमा ८ जनाको उम्‍मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार भोलि सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ । भोलि साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ ।

 

काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा उम्मेदवारी दर्ता गर्ने व्यक्ति हुन– आनन्द राज जोशी ।

मेयरका लागि पहिलो नम्बरमा उम्मेदवारी दर्ता गरेका छन् । उनी काठमाडौं महानगरपालिका १९ वडा निवासी हुन् । जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव हुन् । जोशीको प्रस्तावकमा सरोज शाही र समर्थकमा सरला शाही रहेका छन् ।

 

काठमाडौं नं.१४ का रविकान्त मानन्धरले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । मानन्धरको प्रस्तावक राजेन्द्र मान प्रधान हुन् भने समर्थक रमेश मानन्धर ।

काठमाडौं १६ निवासी राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कार्कीको प्रस्तावकमा सुनिल नकर्मी र समर्थक राम प्रजापति रहेका छन् ।

र्‍यापर बालेन शाह (बालेन) पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं-३२ निवासी शाहको प्रस्तावक प्रतिश श्रेष्ठ हुन् भने समर्थक प्रेमकृष्ण श्रेष्ठ ।

यस्तै विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् । बानेश्वर-३१ निवासी समीक्षाको प्रस्तावकमा मोहन श्रेष्ठ र समर्थकमा बिना शाह रहेका छन् ।

आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् । बज्राचार्यको प्रस्तावकमा मनोज तुलाधर र समर्थकमा सुरेश शाक्य छन् ।

नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का ७) रामबहादुर खड्काले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा राजु निरौला र समर्थकमा गोपालप्रसाद चौलागाईं रहेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।उनको प्रस्तावकमा कमला श्रेष्ठ र समर्थकमा गीता राई रहेका छन् ।

मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा प्रतिज्ञा अर्याल र समर्थकमा बिमल केसी छन् ।

ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उर्मिला मानन्धरको प्रस्ताव र पूर्णदेवी मानन्धरको समर्थनमा तामाङले उम्मेदवारी दिएकी हुन् ।

उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा निलम कृष्ण ताम्राकार र समर्थकमा सुरज मानन्धर रहेका छन् ।

काठमाडौं-१५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा रमेश महर्जन र समर्थनमा श्यामकृष्ण मानन्धर रहेका छन् ।

यसैगरी, काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् ।

ठेगाना-बनस्थली १६ का बन्जरा आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष हुन् । मेयरको उम्मेदवारीमा उनको प्रस्तावकमा संजिव बस्नेत र समर्थकमा लोक माया कार्की रहेका छन् ।

विवेकशील साझा पार्टीको तर्फबाट कीर्ति तुलाधरको उपमेयरमा उम्मेदवारी परेको छ । असन २५ तुलाधरको प्रस्तावकमा कर्णबहादुर शाही र समर्थकमा चोकराज घिमिरे रहेका छन् ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा सरिता खड्गी र समर्थकमा राकेश महर्जन रहेका छन् । काठमाडौं १६ निवासी अमरबहादुर खत्रीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा रिता थापा र समर्थकमा बालकृष्ण श्रेष्ठ रहेका छन् ।

विश्वविजय श्रेष्ठले पनि उपमेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा जयस महर्जन र समर्थकमा महेन्द्र शाक्य छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ८ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ८ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ८ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved