देवचुली,


देवचुली नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। आज एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले १ सय ९ जना जेष्ठ नागारिकहरुलाई सम्मान गरेको छ। नगरपालिकाको सबै १७ वटा वार्डबाट प्रत्यक वार्डको ६ जनाको दरले सम्मान गरेको हो। सम्मानको क्रममा उपस्थित जेष्ठ नागरिकहरुलाई झुल र छाता प्रदान गर्दै दोसल्ला ओढाइएको देवचुली नगरपालिकाकी सामाजिक शाखा प्रमुख बिमला लम्सालले अनलाइन सेरोफेरोलाई बताएकी छिन्।




लम्सालका अनुसार आज जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै भजन समुहलाई आवस्यक पर्ने बाध्यवादन सामग्री , नव गठित जेष्ठ नागरिक संघको कार्य संचालनको लागी आवस्यक पर्ने सामग्रीहरुको खरिद समेत गरिएको छ। आजको कार्यक्रममा जेष्ठ नागरिक संघ देवचुलीको आयोजनासंगै देवचुली नगरपालिकाको आर्थिक सहयोग रहेको थियो।
नगरपालिकाले यस कार्यक्रमको लागी यस अघि नै २ लाख ७० हजार बजेट बिनियोजन गरेको थियो । नगरपालिकाले ६ महिना अगाडी नै सम्पन्न गर्नुपर्ने यो कार्यक्रम कोरोना कहर संगै नगरस्तरीय जेष्ठ नागरिक संघ गठनको प्रक्रियामा बिलम्ब हुँदा ढिलो गरि सम्पन्न भएको हो। कार्यक्रममा जेष्ठ नागरिक संघ देवचुलीका अध्यक्ष खडानन्द भुसालको अध्यक्षता संगै नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो।
यस्तै कार्यक्रममा जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष सवानन्द जैसी , कावासोती र गैडाकोटका अध्यक्ष संगै नगर भित्रका जेष्ठ नगारिकहरुको साथमा विभिन्न वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जेष्ठ नगरिकहरुलाई सम्मान गर्नु हामि सबैको कर्तब्य भएकोले सबैले आनाकानी नगरी सम्मान तथा माया गर्नुपर्ने कुरामा जोड दिएका








