Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

केजीएफ-२ ले तोड्दै एकपछि अर्को रेकर्ड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । वैशाख १(अप्रिल १४) मा रिलिज भएको फिल्मले सातौं दिन २५० करोड भारुको नाघ्ने पक्कापक्की जस्तो देखिएको फिल्म व्यापार विश्लेषकले बताएका छन् ।

 

यदि बुधबार दिनभरमा केजीएफ–२ को कमाइ २५० करोड भारु नाघ्यो भने यो फिल्म भारतीय फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा त्यति रकम कमाइ गर्ने पहिलो फिल्म हुने समाचारमा जनाइएको छ ।
यसअघि नै फिल्मले भारतीय फिल्महरुमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) २०० करोड भारु कमाइ गर्ने रेकर्ड बनाइसकेको छ।

केजीएफ–२ सन् २०२२ मा कम्तिमा २५० करोड भारु व्यापार गर्ने तेस्रो भारतीय फिल्म बन्ने कुरा भने करिब निश्चित छ।
केजीएफ–२ को हिन्दी संस्करणले मंगलबारसम्म कुल २३८.७० करोड भारु कमाइसकेको थियो। अर्थात यो फिल्मको हिन्दी संस्करण २५० करोड भारु कमाउनबाट ११.३० करोड मात्र पर देखिन्छ । मंगलबार एक दिनमै १९.११ करोड भारु कमाएको हिसाबमा फिल्मले बुधबार २५० भारुको व्यापार गर्ने भारतीय फिल्मका व्यापार विश्लेषकहरुले बताएका छन्।

फिल्मले रिलिज भएको पहिलो दिन बिहीबार ५३.९५ करोड कमाइ गरेको थियो, जुन भारतीय फिल्महरूमा पहिलो दिनको कमाइको रेकर्ड हो। त्यसपछि फिल्मले दोस्रो दिन ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड र सोमबार २५.५७ करोड कमाएको थियो। जम्मा पाँच दिनमा उसले २०० करोड कमाइ पार गर्यो।

केजीएफ–२ अघि एसएस राजमौली निर्देशित फिल्म बाहुबली–२ भारतीय सिनेमाको सबैभन्दा ठूले फिल्म मानिन्थ्यो। त्यसको हिन्दी संस्करणले मात्र सबै गरेर कुल ५११ करोड कमाइ गरेको थियो। तर केजीएफ–२ को कमाइको वर्तमान गतिलाई हेर्दा यसले बाहुबली–२ को कमाइलाई उछिन्ने सम्भावना देखिन्छ।
जागरणबाट

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved