Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लेबनानको आर्थिक संकटले बालबालिकाको स्वास्थ्यमा खतरा : युनिसेफ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

उच्च लागत र मुद्रास्फीति जस्ता विश्वव्यापी आर्थिक तरलताका स्थितिले लेबनानको संकट लाई थप बढाएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) ले बुधबार जनाएको छ ।

 

रिपोर्टमा यहाँका बालबालिकाको स्वास्थ्यमा निम्तिएको गम्भीर परिणामहरू पनि समावेश छन् । संयुक्त राष्ट्रसंघीय बाल कोषले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ८० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका र धेरै परिवारले आफ्ना छोराछोरीलाई उपचारका लागि स्वास्थ्य सेवा केन्द्रमा लैजान यातायात खर्चसमेत जुटाउन सक्दैनन् र धेरैले आफ्ना छोराछोरीलाई बाँच्न र फस्टाउन आवश्यक खानेकुरा र पोषण दिन सकेका छैनन् ।

लेबनानमा युनिसेफका प्रतिनिधि एट्टी हिगिन्सले भने, “आर्थिक संकटले स्वास्थ्य क्षेत्रमा समस्या उत्पन्न गरेको छ । औषधी तथा उपकरणहरूको आयातमा सीमितता आएको कारण खासगरी महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको गुणस्तरलाई गम्भीर रूपमा असर गरेको छ । समस्याका कारण खोप दरमा पनि कमी आएको देखिन्छ र बच्चाहरू दादुरा, डिप्थेरिया र निमोनियाजस्ता घातक रोगहरूको सिकार भएका छन् ।”

बच्चाहरूको नियमित खोप ३१ प्रतिशतले कम भएको छ । यद्यपि यो दर पहिले नै कम भइसकेको र यसका कारण असुरक्षित भनिएका बालबालिकाहरूको ठूलो मात्रामा रोगहरू देखा परेका छन् ।

युनिसेफले लेबनान सरकार र सबै हितग्राहीहरूलाई खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूविरुद्ध खोप लगाउने प्रयासलाई बढाउन र बालबालिका तथा महिलाको पोषणको व्यवस्थामा सुधार गर्न आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved