Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एन्फाको लिग कमिटी संयोजकबाट राजीनामा दिएका विज्ञानराज शर्मा पछि हटे

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट राजीनामा दिएका विज्ञानराज शर्माले राजीनामा फिर्ता लिएका छन् । २० फागुनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै ‘लिग कमिटीको संयोजकबाट राजीनामा पेश’ गरेका शर्माले सोमबार (हिजो) भएको कमिटीको बैठकमा भने अध्यक्षता गरे ।

 

स्थगित भएकाे सी डिभिजन लिग र हालै सम्पन्न बी डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गरेका हुन् । ‘उहाँ (शर्मा) को राजीनामा फिर्ता भएको छ र उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भयाे ।’ लिग कमिटीका एक सदस्यले भने ।

जुन बैठकले बी डिभिजन लिगका क्रममा भौतिक सामग्री तोडफोड गरेको भन्दै नयाँ वस्ती युथ क्लबलाई तीन लाख जरिवाना साथै खेलाडी, अफिसियल र व्यवस्थापकलाई फुटबल गतिविधिमा केही समय संलग्न हुन नपाउने गरी कारबाही गरेको थियो ।

चौधरी ग्रुपकाे स्वामित्वमा रहेको एनएसएलमा शर्माले काठमाडौं रेजर्सबाट प्रतिनिधित्व गरेका छन् । पहिलो संस्करणका क्लब च्याम्पियन बन्दा नै शर्मा क्लबको डाइरेक्टर थिए । यसपछि उनले दोस्रो संस्करणमा भने दोहोरो भूमिकामा रहन नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिएका थिए ।

‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठयाराहरू आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाँदा राजिनामा पेश गरेको छुँ ।’ शर्माले पत्रमा लेखेका थिए ।

तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा प्रश्न उठेपछि एनएसएस आयोजनाबाट पछि हटेको हो । पछि शीर्ष डिभिजन क्लबले समेत एन्फालाई प्रश्न गरेपछि शर्माले एन्फाबाट हात झिकेर एनएसएललाई सहयोग गरेका थिए । तर, दोस्रो पटक आयोजना हुने तयारीमा रहेको एनएसएल अक्सनपछि अनिश्चित बनेकाे छ ।

एनएसएलमा जोडिएसँगै एन्फाबाट हात झिकेका शर्माको यो प्रवृत्तिलाई एन्फाभित्रैबाट देखावटी राजीनामाकाे आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ३ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २४ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved