देवचुली


सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सोहि कार्यक्रम अनुरुप देवचुली नगरपालिकामा वैशाख ६ र ७ गते जन्मेको ६ महिनादेखि १ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।



यस्तै १ बर्ष देखि ५ बर्ष मुनिका बालबालीकालाई भने भिटामिन ‘ए’ क्यापसुलको साथमा जुकाको औषधी समेत खुवाइने देवचुली नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ र प्रशासकीय अधिकृत गोबिन्द सिग्देलद्वारा हस्ताक्षरित सुचनामा सम्पूर्ण नगरबासीहरुलाई नजिकको स्वास्थ्य स्वयम् सेविका वा स्वास्थ्य केन्द्रमा गएर भिटामिन ‘ए’र जुकाको औषधी खुवाउन आग्रह गरिएको छ।








