Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राष्ट्रिय चलचित्र पुरस्कार : ‘आमा’ उत्कृष्ट फिल्म, निर्देशकतर्फ दीपेन्द्र के खनाल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मबाट खनालले उत्कृष्ट निर्देशकको अवार्ड समेत जिते ।

आइतबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६/०७७ का १० विधामा विजयीलाई पुरस्कार प्रदान गरिन् ।

 

‘छ माया छपक्कै’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता बन्दा ‘आमा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । पटकथा लेखन विधामा ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट बने ।

 

 

उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट बने । ‘कबड्डी कबड्डी कबड्डी’बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते ।

आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले अवार्ड जित्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड जिते ।

यसपटक २०७६ र २०७७ सालमा प्रदर्शन भएका फिल्ममध्येबाट पुरस्कार वितरण गरिएको हो ।

२०७६ सालमा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले जिते । २०७७ सालको विशेष फिल्म चाहिं ‘सरिता’ बन्यो । २०७६–२०७७ सालको दीर्घ साधना सम्मानबाट अभिनेत्री भुवन थापा र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए । सम्मानित दुवैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।

 

साथै, विभिन्न विधाका ३३ जना व्यक्तित्वलाई विशेष योगदान सम्मान प्रदान गरियो । समारोहमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल समेत उपस्थित थिए ।

 

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved