Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का लाग्यो, काम गर्दा जाम बढ्ने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

४ वैशाख, काठमाडौं । सरकारले नागढुङ्गादेखि मलेखुसम्मको सडक खण्ड विस्तारका लागि ठेकदार कम्पानी छनोट गरेको छ । नागढुङ्गादेखि नौबीसेसम्मको खण्डको विस्तारका लागि छानिएको कम्पनीसँग खरिद सम्झौता भइसकेको छ भने भने नौबीसे मलेखु खण्डको विस्तारको लागि ठेकदार कम्पनीलाई सडक विभागले बोलाइसकेको छ ।

सडक विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार नागढुङ्गादेखि नौबीसेसम्मको खण्ड विस्तारको जिम्मा सगुन कन्स्ट्रक्स्नले पाएको छ । एक चिनियाँ कम्पनीसँगको ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का हालेको कम्पनीले लागत अनुमान भन्दा करिब ३५ प्रतिशतभन्दा कममा ठेक्का पाएको हो ।

 

करिब १ अर्ब ३१ करोडको ठेक्का लागेको यो खण्डको काम नौबीसेतर्फबाट सुरु गर्ने गरी विभागले कार्यादेश दिइसकेको छ । यो खण्ड विस्तारको काम काम २ वर्षमा सकिने अनुमान छ ।

त्यसैगरी नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा लामा-शर्मा जेभीले पाएको छ । यी कम्पनीसँग पनि एक चिनियाँ कम्पनीले जेभी गरेको छ । यो कम्पनीले ३ वर्षभित्र काम सक्ने गरी ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

 

‘अनुमानित लागत करिब २० प्रतिशत कममा मूल्यमा नौबीसे-मलेखु खण्डको ठेक्का लागेको हो,’ पोखरेलले भने ।

पोखरेलका अनुसार नागढुङ्गा-नौबीसे खण्डमा काम गर्नु चुनौतीपूर्ण छ । उकालो सडकमा अहिले सामान्य अवस्थामै जाम हुने समस्या छ । त्यसमाथि अब सडकको दायाँ-बायाँ निर्माणको काम सुरु गरेपछि जाम बढ्नसक्ने जोखम छ ।

‘सकेसम्म जाम नहुन गेरी नौबीसेतर्फबाट कमा गर्दै आउन भनेका छौं,’ उनले भने,’सकेृसम्म व्यवस्थित ढंगले सवारी र यात्रुलाई सकस नहुने ढंगबाट काम हुन्छ ।’

विभागका अनुसार मलेखु-मुग्लिन खण्डको विस्तारका लागि ठेक्का आह्वान भएर निर्माण कम्पनी छनोटको प्रक्रिया अघि बढिसकेको छ । सरकारले विश्व बैंकको आर्थिक सहयोगमा काठमाडौंको मुख्य नाका नागढुङ्गासम्माको सडक न्युनतम् डेडिकेटेड दुई लेनको बनाउन लागेको हो ।

यो सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो ।

यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन-नारायणगढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।

९२ किलोमिटर लामो यो सडकखण्डका बीच-बीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् ।

मुग्लिन-नागढुङ्गा सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।

नौबीसेमाथि नागढुङ्गासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिगि्रएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।

उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।

झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात-जावत गर्ने सडकको अवस्था वर्षौंदेखि फेरिएको छैन ।

अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन-नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।

त्यसैले यो खण्ड विस्तार सुरु भएपछि काठमाडौं-आउने जाने सवारी तथा यात्रुले जाममा बस्नुपर्ने जोखिम छ । विगतमा मुग्लिन-नारायणगढ सडक खण्ड विस्तारका क्रममा पनि त्यस्तो समस्या देखिएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved