Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

इमरान खानको बहिरगमनपछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा सुधार आउला ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सत्ताका अन्तिम दिनमा सत्ता टिकाउन सकेसम्म बल प्रयोग गरे। त्यसबेला उनले आफूलाई सत्ताबाट हटाउन अमेरिका र पाकिस्तानका विपक्षी दलहरूले साँठगाँठ गरेको आरोप पनि लगाए। इमरानले अहिले पनि ‘स्वतन्त्र’ वैदेशिक नीति अङ्गीकार गर्न थालेपछि अमेरिकाको वर्तमान जो बाइडेन प्रशासन उनीसँग रुष्ट भएको बताइरहेका छन्। युक्रेनमाथि रुसले आक्रमण सुरु गरेकै दिन रुस भ्रमण गएको कुरालाई पनि अमेरिकाले मन नपाएको उनको भनाई थियो।

 

विदेशी षडयन्त्रबाट आफू सत्ताच्युत भएको खानको आरोप प्रमाणित भएको छैन । विज्ञहरूलाई यसलाई मुख्यतः राजनीतिक रुपमा प्रेरित आरोप बताएका छन् । तथापि इमरानको आरोपले अमेरिकी–पाकिस्तान सम्बन्धमा बढ्दै गएको तनावबारे प्रकाश पार्छ। अहिले दुई मुलुकबीचको तनाव सुल्झाउने जिम्मेवारी नव गठित सरकारका प्रधानमन्त्री शहबाज शरिफको काँधमा आएको छ।

पाकिस्तानी मुस्लिम लिग(नवाज)का अध्यक्ष शरिफले सोमबार प्रधानमन्त्रीको शपथ लिए। इमरान खानले संसद्को बहुमत सदस्यको विश्वासको मत पाउन नसकेपछि हटाइएका थिए। प्रधानमन्त्री भएपछि ट्विट गर्दै शरिफले अर्थतन्त्र पुनर्निर्माण गर्ने र ‘अन्य मुलुकसँग आपसी सम्मान, समानता र शान्तिको आधारमा सम्बन्ध निर्माण गर्ने’ प्रतिबद्धता गरेका छन्।

बुधबार साँझ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शरिफलाई प्रधानमन्त्री चयन भएकोमा बधाई दिए। त्यस अवसरमा ब्लिन्केनले ‘पाकिस्तान सरकारसँग लामो कालदेखि कायम सहकार्यलाई निरन्तरता दिने’ भनेका छन्। तर पाकिस्तानभित्र भने गत वर्ष बाइडेन सरकारको प्रथमिकतामा पाकिस्तान नरहेको धारणा व्याप्त छ।

राजनीतिज्ञ विश्लेषकहरू अमेरिका–पाकिस्तानबीचको हालसम्मको सम्बन्ध ‘लेनदेनको सम्बन्ध’ बताउँछन्। विज्ञहरू अमेरिकाले अफगानिस्तानमा रहँदा पाकिस्तानको सुरक्षा लिएर बदलामा पाकिस्तानलाई आर्थिक सहयोग दिएको दाबी गर्छन्। तर अफगानिस्तानमा अमेरिकाको उपस्थिति रहँदा दुईबीचको सम्बन्ध सधैँ सहज थिएन।

अमेरिकी अधिकारीले पटक पटक पाकिस्तानले ‘आतकंवाद’विरुद्धको लडाइँमा आवश्यक प्रयास नगरेको र तालिवानलगायत सशस्त्र समूहलाई आश्रय दिएको आरोप लगाइरह्यो । पाकिस्तानले पनि समय समयमा अमेरिकाप्रति निक्कै क्रुद्ध प्रतिक्रिया जनाउँथ्यो। विशेषतः उसको भूमिमा भएका अमेरिकी ड्रोन आक्रमणलाई औँल्याउँदै ‘अमेरिकालाई सघाउँदा आफूहरूले ठूलो मूल्य चुकाएको गुनासो’ हुन्थ्यो।

अमेरिका र पाकिस्तान सम्बन्धको सबैभन्दा न्यून बिन्दू इमरान खानको सत्तारोहणभन्दा केही अघि सन् २०१८ मा आएको मानिन्छ। त्यसबेला तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले पाकिस्तानलाई दिँदै आएको आर्थिक सहयोग कटौती गरिदिएका थिए ।

तर अर्को वर्ष खानको अमेरिका भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध उल्लेख्य हदसम्म ‘पुनर्स्थापित’ भयो। त्यसबेला पाकिस्तान ट्रम्प सरकार र तालिवानबीच जारी शान्ति वार्तामा महत्त्वपूर्ण भूमिका निभाउने स्थानमा पुगिसकेको थियो। तालिवानसँग कुनै प्रकारको सहमति गरेर ट्रम्प जसरी पनि अफगानिस्तान छाड्ने तयारी गरिरहेका थिए।

सन् २०२० को अन्त्य र बाइडेनको आगमनको बेलामा अमेरिका अफगानिस्तानबाट बाहिरिने पक्कापक्की भइसकेको थियो। बहिर्गमनको मिति तोक्न मात्र बाँकी थियो। त्यस बिन्दूमा पाकिस्तानले भविष्यमा अमेरिकासँग भू–अर्थतन्त्रमा आधारित भएर सम्बन्ध अगाडि बढाउन चाहेको थियो। वासिङ्टनले आफूलाई अफगानिस्तानको आँखाबाट मात्र नहेरिदियोस् भन्ने उसको चाहना थियो। तर त्यस्तो भएन।

बाइडेन ह्वाईट हाउसमा आएपछि विश्वका विभिन्न नेतालाई फोन गरेका थिए। तर ती नेताको सूचिमा खान परेनन्। अफगानिस्तानबाट बाहिरिएपछि अमेरिकाको पाकिस्तानमा त्यति लिनु दिनु थिएन। आणविक शस्त्र नियन्त्रण, आतकंवाद नियन्त्रणजस्ता विषय कर्मचारी तहले मिलाइहाल्थे। बरु बाइडेन प्रशासनको दिमागमा पाकिस्तानभन्दा भारत बढी देखिन्छ।

वासिङ्टनले शरिफ नेतृत्वको पाकिस्तानसँग कसरी व्यवहार गर्छ हेर्न बाँकी छ। ओबामाको शासनमा बाइडेन उपराष्ट्रपति हुँदा पाकिस्तानमा शहवाजका दाई नवाज सत्तामा थिए। त्यस कारणले बाइडेन शरिफ परिवारबारे अवगत छन्। तर इतिहास हेर्ने हो भने पाकिस्तानसँगको वासिङ्टनको सम्बन्ध त्यहाँ शक्तिशाली सेनामा केन्द्रित देखिन्छ। इमरान खानले आफ्नो आगमनपछि पाकिस्तानले स्वतन्त्र विदेश नीति अपनाएको बताउँदै आएका छन्। तर वास्तविकता के हो भने इमरान र सेनाको विदेश नीति एउटै छ।

‘इमरान खानले स्वतन्त्र विदेश नीति अङ्गीकार गर्न चाहेको बताइरहेका थिए। त्यस अन्तरगत सबै मुलुकसँग राम्रो सम्बन्ध चाहेको उनको भनाई थियो । तर शासनको अन्तिमतिर उनको भनाई र व्यवहार मिलिरहेको थिएन । उनले चीन र रुसको भ्रमण गरिरहँदा ह्वाईट हाउससँग चिसो सम्बन्ध विकास भयो,’ वासिङ्टन डिसीस्थित ब्रकिङ्स इन्टिच्युटका विदेशी नीति कार्यक्रमका फेला मदिहा अफजलले भने। मदिहाका अनुसार पाकिस्तानको सेनालाई सरकारले अमेरिका र चीनसँग सन्तुलनकारी सम्बन्ध नबनाएकोमा चित्त बुझेको थिएन। पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध बिस्तारै पूर्व अवस्थामा फर्किनेछ तर उसले वासिङ्टनसँग सम्बन्ध सुधारिरहँदा मस्कोसँगको सम्बन्ध बिगार्ने छैन ।

अलजजिराबाट

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved