Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

६ हजार फिटको उचाइमा युवकले गरे खतरनाक स्टन्ट : राखे विश्व कीर्तिमान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

आजकल युवामा स्टन्टको क्रेज व्यापक नै रहेको छ । तपाईंले यस्ता कयौँ भिडियोहरु सोसल मिडियामा देख्नु भएकै होला, जसमा रोचक दृश्यहरु देख्न सकिन्छ । कयौँ पटक त मानिसले आफ्नै ज्यान जोखिममा राखेर आफ्नो स्टन्टको उत्कृष्ट उदाहरण दिएको देख्न सकिन्छ ।

एक यस्तै भिडियो पछिल्लो समयमा सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको छ, जसमा ब्राजिलका एक व्यक्तिले हजारौँ फिटको उचाइमा मिडएयर रोपवाक गरेको देखिएको छ ।

सोसल मिडियामा यसको भिडियो व्यापक रुपमा भाइरल भइरहेको छ । प्रयोगकर्ता पनि यस्तो स्टन्ट भिडियो हेर्न खुबै मन पराउँछन् ।

 

भाइरल भइरहेको यो भिडियो ब्राजिलको हो । जसमा राफेल जुग्नो ब्रिडी नामका एक व्यक्तिले ६,३२६ फीटको उचाइमा १८ मिटर वा ५९ फिटको दुरीमा दुुई तातो हावाले भरिएको बेलुनका बीच बाँधिएको डोरीमा नांगो खुट्टाले हिँडिरहेको देख्न सकिन्छ ।

जमिनबाट १९०१ मीटरको उचाइमा हिँडेर राफेल जुग्नो ब्रिडीले विश्व कीर्तिमान राख्दै आफ्नो नाम गिनिज वर्ल्ड रिकर्डमा दर्ता गराएका छन् । राफेल जुुग्नो ब्रिडीले देखाएको यो स्टन्टको उचाई विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा भन्दा दुुई गुणा बढी हो । यो भिडियोले हालसम्म ९ लाख भ्यूज पाइसकेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved