फागुन २८, तनहुँ ।
बिगत ४ बर्ष देखि निर्माणधिन अवस्थामा रहेकाे श्री प्राणनाथ सेवा अाश्रम निर्माण सहयाेगका लागि लाेक मायाँ अधिकारी ( बिष्णु ) केही सहयाेग रकम लीएर अाश्रम पुगेकी हुन ।


तनहुँ जिल्ला कै ठुलाे रूपमा बन्न लागेकाे कृष्ण मन्दिर बिगत ४ बर्ष देखि निर्माण हुन सुरू भएता पनि विश्व ब्यापी रूपमा फैलिएको काेराेना भाईरशकाे कारण अशहज भएकाे कुरा उक्त अाश्रमकाे प्रमुख सँरक्षक बिधुषी श्री तारा माता ज्युले बताउनुभयाे । २०६३ सालबाट १९ राेपनी क्षेत्रफलमा सानाे अाश्रमकाे रूपबाट स्थापना भएकाे यश क्षेत्रमा गुरूकुल , धर्मशाला र बाल तथा बृद्धअाश्रम निर्माण हुने क्रममा रहेकाे बिधुषी श्री तारा माता ले बताउनुभयाे ।





सात दिनसम्म चल्ने महायज्ञकाे समय पारेर देबचुली न पा – ४ ,नवलपुर निवासी लाेक माया अधिकारी (बिष्णु) ज्यूका सत्प्रेरणाले रतनदास खनालज्यूले रू. १,५१,०००/- प्रदान गर्नु भएको छ। त्यस्तै जुगल प्रसाद खनाल ज्यूले १,०५,१०५/- ,सावित्री खनाल ले रू ११,१११/- साथै यसै समूहबाट ११,००१/- गोप्यदान गर्नु भएको छ। लक्ष्मी भट्टराईले ५,१०५/- र विष्णु माया अधिकारी पितृको नाममा २,१०५/- , खोम कुमारी भट्टराईले १,१०५/-, ड्याम कुमारी बास्तोलाबाट १,१०५/- र विष्णु माया र चन्द्रा बास्तोलाका आमा दीनमाया कँडेलले ११०५/- का साथै विभिन्न खाद्य वस्तु प्रदान गरेर श्रीप्राणनाथ सेवा आश्रम प्रति सेवाको महान कार्यमा हात अघि बढाउनु भएको हाे ।
यश भन्दा अघिल्ला बर्षहरूमा पनि अाफुले सक्दाे सहयोग गर्दै अाईरहेकाे अधिकारी ज्युलाई धन्यवाद दिँदै अाश्रम प्रमुख सँरक्षककाे रूपमा रहनु भएकी तारा माता ज्युले निर्माणधिन अवस्थामा रहेकाे उक्त मन्दिर सम्पन्न हुनकाे लागि अझ १ कराेड लाग्ने हुँदा यस्तै धार्मिक मनहरूलाई सहयाेगकाे अपिल गर्नुभएकाे छ ।








