Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘शिरीषको फूल’ नाटकलाई प्रमुख सहरमा मञ्चन गरिने, पोखरामा भोलिदेखि

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । काठमाडौंमा मञ्चनपछि नाटक ‘शिरीषको फूल’लाई देशका प्रमुख सहरमा मञ्चन गरिने भएको छ । नाटकलाई बिहीबार पोखरा थिएटरमा नाटक मञ्चन गर्ने तयारी छ ।

चैत २७ गतेसम्म पर्यटकीय नगरी पोखरामा नाटकका पाँच शो आयोजना हुने थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले अनलाइन सेरोफेरोलाई जानकारी दिए ।

 

पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मलले नाटक देखाउन लागेको हो । दर्शकको मागको आधारमा शो थप गर्न सकिने पनि श्रेष्ठले बताए । ‘पोखरालाई नाटक सहरको रुपमा समेत चिनाउन यसले मद्दत गर्छ,’ उनले भने ।

स्थानीय थिएटरसँग सहकार्य गरेर थिएटर मलले पोखरासहित बुटवल, नेपालगञ्ज र दमकमा समेत नाटक मञ्चन गर्दैछ । ‘कला र साहित्यलाई देशव्यापी रुपमा फैलाउने उद्देश्यले देशयात्रामा निक्लन लागेका हौं,’ उनले भने ।

 

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनपछि मुलुकका अन्य स्थानमा पनि नाटक मञ्चन गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ उपन्यासमा आधारित यो नाटकलाई कीर्तिपुरमा मञ्चन गरिसकिएको छ ।

नाटकलाई अञ्जान प्रदीपले निर्देशन गर्नेछन् । श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिमाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved