Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फेवाताल किनारमा नव वर्ष महोत्सव

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।

‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए ।

नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ । भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ । अध्यक्ष सुवेदी भन्छन्, “महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ ।”

लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा सांस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य प्रस्तुतिलगायत कार्यक्रम गरिने सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने सङ्घका पूर्व अध्यक्ष विकल तुलाचनले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धन र महोत्सवको प्रचार–प्रसारका लागि सङ्घले केही दिनअघि बुटवल, हेटौँडा र वीरगञ्जमा ‘जाउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved