Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पशुपतिमा तलब : धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको तलब पशुपति क्षेत्रमा पाइन्छ । धानको हिसाबमा तलब दिइने भए पनि त्यसको गणना भने रुपियाँमा गर्ने चलन अहिले छ । पारिश्रमिकबापत धानको सट्टा रकम पाउने भएपछि पशुपति भण्डार तहबिलका रकमी (कर्मचारी) पनि खुसी छन् । धान कुटाउन समस्या हुने भएपछि त्यस बराबरको रकम उपलब्ध गराउने गरिएको छ । रकमीको नियुक्तिका लागि शैक्षिक योग्यता आवश्यक पर्दैन । उनीहरूले परम्परादेखि नै पुर्खाको काम धान्दै आएका छन् ।

अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले पुर्खादेखिको जिम्मेवारी रकमीहरूले सम्हाल्दै आएको बताउँदै भन्नुभयो, “वंश परम्पराका आधारमा नियुक्त हुने प्रचलन भएकाले यो विशेष सेवा हो । धानको सट्टा रकम पाउने भएपछि रकमीलाई सजिलो भएको छ । यसप्रति खुसी नहुने जागिर छाडेर गइसकेका छन् ।” प्रतिमुरी दुई हजार रुपियाँ उपलब्ध गराइन्छ भने बढीमा २६ मुरी धान पाउने रकमी छन् । पशुपतिनाथका मूल पुजारीलाई मासिक दुई लाख रुपियाँ र अन्य पुजारीलाई डेढ लाख रुपियाँ तलब व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved